२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध

स्थानीय तहको निर्वाचन ‘न्यू इयर रिजुलुसन’ हो : प्रमुख थपलिया

स्थानीय तहको निर्वाचन ‘न्यू इयर रिजुलुसन’ हो : प्रमुख थपलिया
अ अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तह निर्वाचन लैङ्गिक तथा समावेशी दृष्टिकोणले पनि उल्लेखनीय हुनुपर्छ भन्ने आयोगको स्पष्ट धारणा रहेको बताउनुभएको छ ।

नयाँ वर्षको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उहाँले सम्पूर्ण बालिग मतदाता एवं देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै निर्वाचनको महोत्सवमा सहभागी हुन आग्रह भएको छ ।

प्रमुख आयुक्त थपलियाले सन्देशमा भन्नुभएको छ, “राजनीतिक दलले स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिला उम्मेदवारलाई मनोनयनमा प्राथमिकता दिनुपर्ने भनी कानूनको परिपालनामा जोड दिइएकोे व्यहोरा पुनःस्मरण गराउन चाहन्छु । यसबाट स्थानीय तहको निर्वाचनमा महिला सहभागिता र प्रतिनिधित्व उल्लेखनीय हुनेछ भन्नेमा आयोग विश्वस्त छ ।”

स्थानीय तहमा लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका ७९ राजनीतिक दललाई आयोगले पत्राचार गरिसकेको छ ।

आगामी स्थानीय तहको निर्वाचन राष्ट्रिय जीवनको सबैभन्दा महत्वपूर्ण ‘न्यू इयर रिजुलुसन’ भएको बताउँदै उहाँले निर्वाचनलाई उत्सवका रूपमा लिएर मतदानमा सहभागी हुनु बालिग मतदाताको अधिकार र कर्तव्य दुवै हो भन्ने बिर्सनु हुँदैन भन्नुभयो ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने जिम्मेवारीबाट निर्वाचनमा भाग लिने राजनीतिक दल एवं उम्मेदवारमुक्त हुन हँुदैन भन्दै प्रमुख आयुक्त थपलियाले राजनीतिक दल एवं उम्मेदवारबाट नयाँ वर्षमा गर्ने विभिन्न प्रतिबद्धतामा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने बुँदा छुट्ने छैन भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सन्देशमा उहाँले भन्नुभएको छ, “नयाँ वर्षको सुरुआतसँगै नागरिकलाई घरदैलोमै सेवा पु¥याउने तथा जनताको नजिकको सरकार भनेर चिनिने ७५३ स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिने यो अवसरलाई सबै मतदाताले आफ्नो मतको महत्व बुझेर अमूल्य मताधिकार प्रयोग गर्न म सम्पूर्ण मतदातासमक्ष आग्रह गर्दछु ।”