२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

नवौँ राष्ट्रिय खेलकुद जेठ २२ मा हुने

नवौँ राष्ट्रिय खेलकुद जेठ २२ मा हुने
अ अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ तेस्रो साता आयोजना हुने भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताको मिति तय गरेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले बताउनुभयो ।

यस अघि आठौं राष्ट्रिय खेलकुद तत्कालिन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो । उक्त खेलकुद महोत्सवको समापन समारोहमा नवौ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना गर्ने निधो भएको थियो । हरेक दुई वर्षमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद २०७७ सालमै आयोजना हुनुपर्ने थियो । विश्वब्यापी बनेको कोरोना महामारीका कारण एक वर्षका लागि सारिएको प्रतियोगिता २०७८ मा पनि हुन सकेको थिएन । नयाँ सदस्य सविचको नियुक्ती भएसँगै मुख्य एजेन्डाको रुपमा अघि सारिएको प्रतियोगिताको मिति तय भए पनि अन्य प्रक्रियाका लागि समय अवधि छोटो रहेको छ । छोटो समयमा नै प्रतियोगिता गर्न सम्बन्ध सबै पक्षसँग सदस्य सचिवले आग्रह समेत गरेको छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी नेतृत्वको विवाद सर्वोच्च अदालतसम्म पुग्दा तोकिएको समयमा प्रतियोगिता हुन नसकेको थिएन ।

यस्तै सदस्य सचिव घिसिङले राष्ट्रिय खेलकुद गतिविधि सञ्चालन गर्नका आर्थिक कारण बाधक नहुने बताउनुभयो । अर्थ मन्त्रालयबाट बजेट निकासा गरेर भए पनि ठूला प्रतियोगिता तोकिएकै समयमा हुने सदस्य सचिव घिसिङले प्रस्ट पार्नुभयो । राष्ट्रिय खेलकुद गतिविधि खेलकुद परिषद्को मात्र नभएर देशकै गतिविधि भएकोले हुदैन कि भनेर शंका नगर्न आग्रह गर्नुभयो ।

सदस्य सचिव घिसिङले चीनमा आयोजना हुने १९औं एसियन खेलको तयारी पनि छिट्टै थाल्ने बताए । त्यसका लागि संघहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो ।