२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध

योग्यता अनुसारको अवसर प्रदान गर्दै कुमारी जब

योग्यता अनुसारको अवसर प्रदान गर्दै कुमारी जब
अ अ+ अ-

काठमाडौं । रोजगारी,पेशा, जागिर, काम– जे भने पनि यो हरेक शिक्षित/अशिक्षित मानिसको लागि जिविकोपार्जन गर्ने माध्यम हो । यो अर्थमा हेर्दा रोजगारी एउटा आर्थिक गतिविधि हो, जस अन्तर्गत मानिसहरूले अरूका लागि काम गर्छन्र यसको सट्टामा पारिश्रमिक पाउँछन्, जुन तलब वा ज्यालाको रूपमा हुने गर्छ । रोजगारदाता सरकार, सरकारी उद्यम, गैर– सरकारी सङ्घसंस्था वा कुनै पनि निजी सङ्गठन हुन सक्छ ।

रोजगारी स्थायी, अस्थायी, आंशिक वा आकस्मिक हुन सक्छ । हरेक मानिसको आफ्नो योग्यता अनुसारको जागिर खोज्ने र आफु र आफ्नो परिवारको लागि आरामदायी जीवनको सुरक्षा गर्ने सपना हुन्छ । तर सबैले आफुले सोचेजस्तो, र आफ्नो योग्यता अनुसारको जागिर पाउन सकेका हुँदैनन्। हैसियत अनुसार काम नभेटेर बिदेशिएका उदाहरण हाम्रै अगाडि छन् । रोजगारीको खोजीमा युवाहरु भौँतारिइरहेका छन् र त्यस्तै युवाहरुको फाईदा उठाउँदै धेरै जब सेन्टरहरुले रोजगारीको नाममा ठगीको धन्दा चलाईरहेका छन्। विभिन्न पत्र–पत्रिकामा, तपाईंहरु नजिकैको शटर अथवा चिनेको मान्छे मार्फत जागिर लगाइदिने प्रलोभनमा कैयौँ युवाहरु ठगिएको समाचारहरु पनि केही महिना अगाडि आएका थिए । तर नेपालमा एउटा त्यस्तो रोजगार–दाता पनि छ जसले जागिर लगाइदिए मार्फत एक रुपैँया पनि शुल्क लिँदैन । त्यति मात्र हैन, जागिर खोज्न र सिभि बनाउन पनि कुनै शुल्क लिँदैन र यसले प्रदान गर्ने सम्पूर्ण रोजगारी नेपाल सरकारले तोकेको न्युनतम मापदण्ड अनुसारको हुने गर्छ । झट्ट पत्याउन गार्हो नै हुन्छ जब फर्म भरेको ५०० र जागिर लगाइदिए बापत पहिलो महिनाको तलबको ३५ देखि ५०% सम्म खाने दलालहरु पाइलैपिच्छे छन् । देशमा विद्यमान यस्तै समस्यालाई केही हदसम्म भए पनि कम गर्ने उद्धेश्यले सन्२०१४ मा श्री सन्देश भण्डारीज्युले कुमारी जबको स्थापना गर्नुभएको थियो ।

शुरुवाती अवस्थामा संस्थापक स्वयम्को एकल प्रयासबाट शुरु भएको यस संस्थाले हाल प्रतिस्पर्धीहरुभन्दा ठुलो श्रोत–साधन र ठुलो टिम बनाउन सफल भईसकेको छ । साथै मिलनसार, अनुभवि, दक्ष, एवम् सकृय र युवा कर्मचारीहरु संलग्न यस संस्थामा अधिकांश महिला कर्मचारीहरु कार्यरत छन्। यस्तै कारणहरुले गर्दा स्थापनाको छोटो अवधिमै कुमारी जब नम्बर एक रोजगारदाता कम्पनी हुन सफल भएको छ ।

कुमारी जबमा एन्ट्री लेभलदेखि सिनियर लेभलसम्मका कामहरु सजिलै पाईन्छन् । यसमा १००० जनाले दैनिक अप्लाई गर्ने गर्दछन्जसमा एक महिनामा ५०० भन्दा बढीले रोजगारी प्राप्त गरेका छन् । कुमारी जबमा दर्ता भएका लाखौं उम्मेदवारहरु मध्य ७०% भन्दा बढी अहिले राम्रो संघ–संस्थाहरुमा कार्यरत छन्। हाल कुमारी जबसँग एसियन पेन्ट्स, बर्जर पेन्ट्स, चौधरी ग्रुप,सामसङ, पेप्सी लगायत अन्य बहु–राष्ट्रिय संस्थाहरु; पञ्चकन्या ग्रुप, विशाल ग्रुप, आइएमएस्ग्रुप, गोल्छा ग्रुप, ज्योति ग्रुप, गोएन्का ग्रुप, लक्ष्मी ग्रुप लगायत अन्य ग्रुप अफ कम्पनिज; भायानेट, वल्र्ड लिंक, सिजी जस्ता इन्टरनेट सेवा प्रदायकहरु एवम्थुप्रै एन.जि.ओ. र आइ.एन.जि.ओहरु आबद्ध छन् ।

साथै यस संस्थासँग एफवान सफ्ट, फुडमान्डु, टाइगर प्यालेस, हुलास, साथीमार्ट,केएल दुगर, एमभि दुगरजस्ता थुप्रै प्रतिष्ठित संस्थाहरु पनि आबद्ध छन्। कुमारी जबमा अकाउन्टिङ, सेल्स र मार्केटिङदेखि लिएर आइ.टि र टेलिकम्युनिकेसन तथा एन.जि.ओ र आइ.एन.जि.ओहरुका लागि पनि प्रशस्तै अवसरहरु आइरहन्छन्।

कुमारी जब नेपालको एक मात्र मानव सेवा संशाधन परामर्श कम्पनी हो जसले २०१४ देखि एउटै छानामुनि मानव संशाधन सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ । यस कम्पनीले तीनकुने स्थित आफ्नो कार्यालय र अनलाइन जब पोस्टिङ् सर्भिस मार्फत मानव संशाधन सम्बन्धि सम्पूर्ण सेवाहरु दिँदै आइरहेको छ । यस संस्थाले रिक्रुटमेन्ट (भर्ती), जब पोस्टिङ्, पेरोल आउटसोर्स, तालिम लगायत सबै प्रकारका मानव संशाधन सम्बन्धि सेवा प्रदान गर्छ ।

हरेक दिन विभिन्न व्यापारिक समुहहरु र संघ–संस्थाहरुलाई योग्य उम्मेदवारहरु तथा रोजगारीको खोजीमा रहेका उम्मेदवारहरुलाई उपयुक्त रोजगारी प्रदान गर्न सफल कुमारी जबले देशमा विद्यमान बेरोजगारीको समस्यालाई केही हदसम्म भए पनि कम गर्दै आइरहेको छ । रोजगारीको खोजीमा रहेका उम्मेदवार र रोजगार–दाताहरु बीच सिधा सम्पर्क गर्नको निम्ती रिक्रुटिङको लागि सर्वोत्कृष्ट माध्यम, प्रविधि र प्ल्याट्फर्म बनाउँदै पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भइ विश्वव्यापी रोजगार प्रदायक हुने लक्ष्य कम्पनीले लिएको छ ।

कर्मचारीहरुको टर्न–ओभरलाई कम गर्न र मानव संशाधनमुलक गतिविधिहरु सञ्चालनमा आउन सक्ने जोखिमहरु कम गर्न आज–भोलि बैँक, वित्तीय संस्था, ग्रुप अफ कम्पनिज, इन्टर्नेट कम्पनिज, प्राइभेट फर्म्स, एन.जि.ओ र आइएनजिओहरु, उद्योगहरु लगायत धेरैजसो कम्पनीहरुले कर्मचारी आउटसोर्स गर्न थालेका छन्। र यसको लागि अधिकांश कम्पनीहरुको पहिलो रोजाइमा कुमारी जब नै पर्दछ । यसको वेबसाइट www.kumarijob.com मा गएर कम्पनीहरुले आफ्नो आवश्यकता दर्ता गरी पोस्ट गर्न सक्छन, साथै संघ–संस्थाहरुलाई उपयुक्त उम्मेदवार पुर्ती गर्ने हेतुले यस कम्पनीले विषेश रिक्रुट्मेन्ट प्रविधि पनि अपनाउँछ । यति मात्र नभएर यसले रोजगारी सुनिश्चितताकोलागि आवश्यक तालिमहरु पनि दिने गर्दछ । तालिम लिन चाहने व्यक्ति, विद्यार्थी लगायत कुनै पनि संस्थामा कार्यरत कर्मचारीहरुलाई कुमारी जबले आवश्यकताको अध्ययन गरी विभिन्न किसिमका तालिम पनि दिन्छ । साथै यो कम्पनीले प्रविधिको प्रयोग गरी गुणस्तरीय सि.भि. पनि निःशुल्क रुपमा बनाइदिन्छ ।

कुमारी जबको वेबसाइट अथवा यसको कार्यालयमै गएर जुनै पनि स्तरको कामहरुको बारेमा बुझ्दा, त्यहाँ काम गर्न निवेदन दिँदा र काम पाइसकेपछि पनि काम खोज्ने मानिसले कुनै पनि प्रकारको शुल्क कहिल्यै पनि तिर्नु–पर्दैन । किनभने परिश्रमी र योग्य उम्मेदवारहरुलाई देशमै उचित अवसरको व्यवस्था मिलाइनुपर्छ भन्ने कुमारी जबको मान्यता रहेको छ ।