३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुससँगको वार्तामा युक्रेनको अडान कायमै छ : युक्रेनी वार्ता टोलीका संयोजक



अ+ अ-

किभ । रुसद्वारा युक्रेनमाथि भएको हमलाको विषयमा वार्ता गर्न गठित युक्रेनी वार्ता टोलीका संयोजकले युक्रेनले राखेका शर्तहरु कुनै पनि हालतमा परिवर्तन नहुने अडान राख्नुभएको छ । उहाँले युक्रेनले रुससँग वार्ता गर्ने तर पनि आफूले यसअघि राख्दै आएका अडानहरुका बारेमा कुनै परिवर्तन नहुने बताउनुभएको हो ।

रुससँगको वार्ताका लागि युक्रेनद्धारा गठित युक्रेनी वार्ता टोलीका संयोजक डेभिड अरखमानियाले सो धारणा राख्नुभएको हो । उहाँले मंगलबार ट्वीट गर्दै भन्नुभएको छ– हामी स्तानबुलमा भएका सम्झौताहरुका बारेमा अडिग छौँ र हामी त्यसमा कुनै परिवर्तन गर्ने पक्षमा छैनौँ ।

अहिले रुसका पक्षबाट विभिन्न शर्तहरु आएका र स्तानबुल सम्झौताको पनि अलग्गै व्याख्या गर्न खोजिएको पाइएकाले यदि त्यस्तो भयो भने त्यसले उक्त सम्झौता समेत भंग हुने त्रास रहेको पनि बताउनुभयो । उहाँले युक्रेन पहिल्यैदेखि आफ्ना अडानहरुमा स्पष्ट रहेको र अहिले आएर ती सम्झौताहरुलाई फेरबदल गर्ने पक्षमा नरहेको पनि उहाँले बताउनुभएको छ । (रासस/सिन्ह्वा)