२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध

ग्रहले के गर्ला २०७९ सालमा ? (भिडियोसहित)

ग्रहले के गर्ला २०७९ सालमा ? (भिडियोसहित)
अ अ+ अ-

यस वर्ष ६० संवत्सरमध्येका पचासौँ अर्थात् नल संवत्सर रहेका छन् । नल संवत्सरले जनसंख्या बृद्धि गराउँछ । यस वर्षका राजा शनि हुन् । शनि पश्चिमदिशाको मालिक मानिन्छन् । नेपालमा पश्चिमी देशहरुको हावि रहनेछ । शनिले निर्माणका सामग्री, सेवा, न्याय, जीर्णोद्धारसँग सम्बन्ध राख्ने हुँदा यससँग सम्बन्धित भएर पश्चिमाहरु नेपाल प्रवेश गर्ने छन् ।

सरकार निर्माणका कार्यमा अगाडि बढे पनि शनि र मंगलको नक्षत्र ज्येष्ठ १७ गतेदेखि बक्र भई कर्तिक ३ गतेसम्म नक्षत्र संयोग हुँदा कथनी र करणीमा समानता हुने छैन । आँखामा छारो हालेर लोकप्रियता कमाउनका लागि नेतृत्वपंक्ति लाग्नेछ ।

शनि त्यसमाथि पनि वक्र भएकाले हरेक कार्य समयमा सकिँदैन । यो पीडादायी ग्रह भएकाले निर्माणका कार्यबाट लाभ भन्दा पनि बजेटको दुरुपयोग हुने संभावना पनि उत्तिकै रहने छ । शनि माघ २७ गतेसम्म मकर राशिमा रहने हुँदा हुरी बतासको प्रकोप, अर्थहीन विषयका निर्णयले प्राकृतिक र राजनैतिक समस्या हुनसक्नेछ । नेपालको वृश्चिक राशि भएकाले साढेसातको दशा यस वर्ष छैन ।

शनि माघ २७ गते कुम्भ अर्थात् आफ्नै मूलत्रिकोणमा पुग्ने हुँदा न्याय क्षेत्रमा सुधार गरी मित्रराष्ट्रसँगको सम्बन्धलाई मजबुत बनाउन सकिने उपयुक्त समय पनि छ । नेपालको ग्रहगोचरलाई हेर्दा माघ २७ सम्म तृतीय स्थानमा बसेका शनिले विद्यास्थान, भाग्यस्थान र खर्चस्थानलाई पूर्णरुपले देख्ने हुँदा तुक नभएका विषयलाई लिएर विवाद हुने, सम्पन्न गर्न लागेका राम्रा कार्यमा अलमल हुने र अनुत्पादक क्षेत्रमा ठूलो लगानी गर्ने अवस्था रहन सक्छ ।

माघ २८ गतेदेखि कुम्भ राशिमा पुगेका शनि नेपालको कुण्डलीमा चतुर्थस्थानमा पुग्ने छन् जसले आन्तरिक कलह बढाउन सक्छ, उत्पादनका कार्य वा व्यवसायिक क्षेत्रमा नोक्शान गराउँदै अनावश्यक विषयले तनाव सृजना गर्न सक्छ । पश्चिमी देशमा रहेका नेपालीलाई पीआर दिलाउन भने यो वर्ष राम्रो अवसर मिल्नेछ ।

शनिका सम वृहस्पति र वृहस्पतिका सम शनि हुँदा केन्द्र र प्रदेशबीच खासै खिचातनी नभए पनि यिनीहरु वक्र हुँदाका अवस्थामा राष्ट्रलाई लाभ हुने कार्य गर्न सक्दैनन् ।

यस वर्ष मन्त्रीपदमा गुरु अर्थात् वृहस्पति छन् । मीन राशिमा बसेका गुरु श्रावण १२ गतेदेखि मंसीर १० गतेसम्म बक्र रहने छन् । विद्या, धर्म र न्यायका क्षेत्रमा सकरात्मक प्रभाव रहने भए पनि जलराशि एवं वक्र हुँदा अवश्य पनि भनेजस्तो कार्य गर्न सक्दैनन् । उपदेशका कारक मानिने गुरु नै वक्र हुँदा बौद्धिक व्यक्तिहरुले विद्वत्तालाई सदुपयोग गर्न नसक्ने अवस्था आउन सक्छ ।

पद, प्रतिष्ठामा अलमलिन सक्ने, स्वार्थका लागि आफ्नो ज्ञानलाई प्रयोग गर्ने अवस्था रहन्छ । शैक्षिक क्षेत्र फस्ष्टाएको जस्तो देखिए पनि मात्रात्मक रुपमा वृद्धि गुणात्मक रुपमा कमजोर हुन सक्छन् । पुराना मन्दिरहरु जीर्णोद्धार भए पनि विधि मिचिने, पद्धतिलाई भुल्ने हुन सक्छ । धार्मिक अनुष्ठानबाट प्रजा, प्रकृतिको संरक्षण भन्दा पनि आयोजक र वाचकमण्डलकै लागि लाभकारी हुने अवस्था देखिन्छ । अस्थिरता चाहनेहरूबाट गोप्यरुपमा द्वन्द्व बढाउने सम्भावना रहे पनि राजा सेवादायी, मन्त्री धर्म परायण हुँदा केही आस गर्ने अवस्था रहन्छ । साउन १२ देखि कार्तिक ३ गतेसम्म राजा शनि एवं मन्त्री गुरु दुवै बक्र हुँदा अपेक्षाकृत कार्य हुन सक्दैन । राजनीतिकर्मीहरुले विश्वास गुमाउन सक्छन् ।

यस वर्ष असार १७ देखि भाद्र १ गतेसम्म राहू र मंगलको भेट रोग स्थानमा हुन्छ । वैशाखपूर्व नै मेषराशिमा प्रवेश गरेका राहू नेपालको छैटौँ स्थानमा रहने हुँदा भाइरसजन्य रोगहरु बढ्न सक्छन् । जसले गर्दा यही अवधिमा रोग, जमिनसम्बद्ध विवादले दक्षिण र नैऋत्यदिशामा अल्झन आउन सक्छ । मंगल दक्षिणदिशाका स्वामी, राहू नैऋत्यदिशाका स्वामी हुन् ।

मंगलले जमिन, सेना, विवाद आदिलाई बुझाउँछ । यसकारण दक्षिणतर्फका सिमानामा यी अवस्था आउन सक्छन् । शत्रुस्थानमा क्रुर ग्रह हुँदा शुत्रलाई तह लगाउन सजिलो परे पनि मंगलदेखि सचेत रहनुपर्छ । लग्न, तृतीय र छैटौँस्थानमा बसेका मंगलले विचारै नगरी एक्सन लिन सक्छ जसमध्ये नेपालको छैटौँ स्थानमा मंगल पुग्दै छ । माघ २८ गतेदेखि शनिको पूर्णदृष्टि रोग स्थानमा रहेका राहुमाथि पर्ने हुँदा यतिबेला नैऋत्यकोण र पश्चिमदिशामा नेपालले चनाखो हुनुपर्ने अवस्था ग्रहले देखाएको छ । खर्चस्थानमा पुगेका केतुले पूरातन शिक्षा, कला आदिमा लगानी गर्दा, धर्मसंस्कृतिमा ध्यान दिँदा लाभ पुग्न सक्छ ।

कार्तिक ८ गते खण्डग्रास सूर्य ग्रहण एवं २२ गते कार्तिकमा खग्रास चन्द्रग्रहण लाग्ने हुँदा सचेत रहनुपर्ने समय छ । माघ २७ गतेसम्म धनुलाई अन्त्य, मकरलाई मध्य र कुम्भलाई अद्य साढेसाती एवं यही अवधिमा तुला तथा मिथुनलाई अढैया शनि रहनेछ । त्यसपछि मकरलाई अन्त्य, कुम्भलाई मध्य र मीनलाई अद्य साढेसाती दशा शुरु हुनेछ ।

यही अवधिमा बृश्चिक र कर्कटलाई अढैया दशाले असर गर्ने छ । नेपाललाई पनि माघ २८ गते अढैया दशाको प्रभाव रहने छ । जन्मकुण्डलीमा शनिको बसाई उपयुक्त स्थानमा भए उपलब्धी हात लाग्ने छ अन्यथा सजग र सचेत रहनुपर्छ ।

साधुसन्तको सेवा, दीनदुःखको सेवा, तुलसी–शालग्रामको पूजा वा शनिवार पीपलको दर्शन एवं पूजाले शनिको प्रभावलाई कम गर्न सकिन्छ । परिश्रम, दृढसंकल्प, कुल र इष्टदेवप्रतिको विश्वासले ग्रहका असरलाई कम हुन्छन् । नेपालले मन्त्र, तन्त्र र यन्त्रलाई जगायो, जोगायो र जगत्मा फैलायो । यसकारण प्रतिकूल ग्रहलाई अनुकूल बनाउन, विपरीत परिस्थितलाई सहज तुल्याउन कूललाई पुजौँ, मूललाई बुझौँ, राष्ट्रहितमा आफूलाई समर्पित गरौँ ।