३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँका लागि सहज हुँदै पृथ्वी राजमार्ग



अ+ अ-

काठमाडौं । काठमाडौँको ‘लाइफलाइन’का रूपमा लिइने नारायणगढ–मुग्लिन सडकको मर्मत सुधार थालिएको छ । काठमाडौँ र पोखरा हुँदै तराईलाई पहाडी एवं हिमाली जिल्लासँग जोड्ने सो राजमार्ग वर्षाका कारण बेलाबेला अवरुद्ध हुँदै आएको छ ।

दशैँ नजिकिँदै गर्दा सडक विभागले नारायणगढ–मुग्लिन सडक मर्मत थालेको हो । डिभिजन सडक कार्यालय चितवनले सडक मर्मत तथा सुधार कार्य सुरु गरेको छ ।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी शिवप्रसाद खनालका अनुसार दशैँमा यात्रुका लागि सडक यात्रा सहज र सुरक्षित बनाउन सडक मर्मत तथा सुधार थालिएको हो । वर्षात् जारी रहेका कारण सडकका ठाउँ–ठाउँमा झरेको पहिरो पन्छाउने र राजमार्गमा परेका खाल्डाखुल्डी टाल्ने कार्य थालिएको खनालले जानकारी दिनुभयो ।

धादिङको पिपला मोडदेखि मुग्लिनसम्मको ८२ किलोमिटर ९पृथ्वी राजमार्ग० र मुग्लिनदेखि नारायणगढसम्मको ३६ किलोमिटर ९नारायणगढ–मुग्लिन सडक० डिभिजन सडक कार्यालय भरतपुरको कार्यक्षेत्रभित्र पर्छ । वर्षाका कारण खसेका पहिरो र ठाउँ–ठाउँमा सडक भासिएकाले यो सडक मार्गको यात्रा कठिन बन्दै आएको छ ।

नारायणगढ–मुग्लिन सडक पुनर्निर्माण सम्पन्न भई दुई वर्षअघि सरकारलाई हस्तान्तरण गरिएको थियो । इन्जिनियर खनालका अनुसार सडक मर्मत सुधारका लागि डिभिजन सडक कार्यालयले २५ करोड रुपियाँ बजेट विनियोजन गरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।