६ श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु प्रधानमन्त्री भेटेपछि हस्तकला महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’ जुम्लामा उत्पादन भएको स्याउको अधिक माग नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस औषधि लिमिटेड पुगेर मन्त्री गौरिकुमारी यादवको अनुगमन, सवारीसाधन र कर्मचारी अभाव तत्काल समाधान गर्न निर्देशन होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँका लागि सहज हुँदै पृथ्वी राजमार्ग



अ+ अ-

काठमाडौं । काठमाडौँको ‘लाइफलाइन’का रूपमा लिइने नारायणगढ–मुग्लिन सडकको मर्मत सुधार थालिएको छ । काठमाडौँ र पोखरा हुँदै तराईलाई पहाडी एवं हिमाली जिल्लासँग जोड्ने सो राजमार्ग वर्षाका कारण बेलाबेला अवरुद्ध हुँदै आएको छ ।

दशैँ नजिकिँदै गर्दा सडक विभागले नारायणगढ–मुग्लिन सडक मर्मत थालेको हो । डिभिजन सडक कार्यालय चितवनले सडक मर्मत तथा सुधार कार्य सुरु गरेको छ ।

डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी शिवप्रसाद खनालका अनुसार दशैँमा यात्रुका लागि सडक यात्रा सहज र सुरक्षित बनाउन सडक मर्मत तथा सुधार थालिएको हो । वर्षात् जारी रहेका कारण सडकका ठाउँ–ठाउँमा झरेको पहिरो पन्छाउने र राजमार्गमा परेका खाल्डाखुल्डी टाल्ने कार्य थालिएको खनालले जानकारी दिनुभयो ।

धादिङको पिपला मोडदेखि मुग्लिनसम्मको ८२ किलोमिटर ९पृथ्वी राजमार्ग० र मुग्लिनदेखि नारायणगढसम्मको ३६ किलोमिटर ९नारायणगढ–मुग्लिन सडक० डिभिजन सडक कार्यालय भरतपुरको कार्यक्षेत्रभित्र पर्छ । वर्षाका कारण खसेका पहिरो र ठाउँ–ठाउँमा सडक भासिएकाले यो सडक मार्गको यात्रा कठिन बन्दै आएको छ ।

नारायणगढ–मुग्लिन सडक पुनर्निर्माण सम्पन्न भई दुई वर्षअघि सरकारलाई हस्तान्तरण गरिएको थियो । इन्जिनियर खनालका अनुसार सडक मर्मत सुधारका लागि डिभिजन सडक कार्यालयले २५ करोड रुपियाँ बजेट विनियोजन गरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।