• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा स्वाँर



काठमाडौँ । यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित हुनुभएको छ ।

महासङ्घको आज बिहान सम्पन्न महाधिवेशनले उहाँको अध्यक्षतामा ७६ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र प्रदेश संंयोजक मङ्गलबार नै निर्विरोध निर्वाचित भए पनि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्य पदमा भने मतदान भएको थियो ।

तीन वरिष्ठ उपाध्यक्ष पदमा वर्तमान महासचिव सरोज सिटौला, ऐनकुमार साई , हरिशरण केसी मत ल्याई विजयी हुनुभएको छ । यस्तै, खुला सात उपाध्यक्षमा सानुकाजी प्रजापति, भुवन बराल, रवि रिमाल, डम्बरराज पन्त, रामप्रसाद सुवेदी, जीतबहादुर भारती र राजेन्द्र रिजाल मत ल्याएर विजयी हुनुभएको छ ।

यसैगरी, मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ, महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ, महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिङ्खडा, गगन रोका र शम्भु रिजाल, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ तथा सहकोषाध्यक्षमा चेतप्रसाद (अर्जुन) गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै, सचिवमा आत्माराम थापा, भानुभक्त बराल, किरणकुमार खड्का, वर्गीय संयोजक बसतर्फ सुनिल कुँवर मत ल्याई विजयी हुनुभएको छ । वर्गीय संयोजक मिनिबसतर्फ मञ्जयप्रकाश श्रेष्ठ, पर्यटकतर्फ रामसुन्दर परियार, मालवाहक नवीन प्रजापति, ट्याक्सीतर्फ प्रकाश तिवारी, ट्याम्पो रामप्रसाद घिमिरे, माइक्रोबसतर्फ नारायणप्रसाद भट्टराई, जिपतर्फ रवीन्द्रमान श्रेष्ठ र हलुका मालवाहकतर्फ चिन्तामणि आचार्य निर्वाचित हुनुभएको छ ।

यस्तै, प्रदेश १ को संयोजकमा सरोज श्रेष्ठ, मधेस प्रदेशको संयोजकमा हरिनारायण यादव, बागमती प्रदेश संयोजकमा सुमन गिरी, गण्डकी प्रदेश संयोजकमा केदारप्रसाद पौडेल, लुम्बिनी प्रदेश संयोजकमा सञ्जीव रोका, कर्णाली प्रदेश संयोजकमा रमेशकुमार सापकोटा र सुदूरपश्चिम प्रदेश संयोजकमा टेकराज जोशी निर्वाचित हुनुभएको छ । मङ्गलबार राति भएको निर्वाचनमा ८१६ मत खसेको थियो । रासस