२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना

शंकाको वातावरण किन बनाउँदैछन् प्रमुख निर्वाचन आयुक्त ?

शंकाको वातावरण किन बनाउँदैछन् प्रमुख निर्वाचन आयुक्त ?
file
अ अ+ अ-

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन अब एक महिना बाँकी छ । वैशाख ३० गतेको निर्वाचनको तयारी जारी छ । राजनीतिक दलहरु आफ्ना उम्मेदबार छान्ने अन्तिम कसरतमा छन् । उम्मेदबार छान्ने काममा सत्ता गठबन्धन एमालेभन्दा पछि परेको छ तर साँझ बिहान नै गठबन्धनको बैठक गरेर लत्रिएकै छ । सुरक्षा निकायहरु चुस्त दुरुस्त काममा खटिसकेका छन् भने अन्य सरकारी कामहरु पनि तदारुकताका साथ भइ नै रहेको छ ।

भित्रभित्रै राजनीति त के पाकिरहेको छ थाहा भएन तर बाहिर हेर्दा चुनाव सार्ने त्यस्तै कुनै प्रपञ्च देखा परिरहेको छैन । कुनै दल विशेष या नेताले नै चुनाव सार्ने बारेको कुनै औपचारिक प्रतिक्रिया आएको छैन ।

तर प्रमुख निर्वाचन आयुक्त भने दिन प्रतिदिन शंकाको वातावरण बनाउँदैछन् । उनले जति जति निर्वाचन नजिकिँदैछ त्यति नै पछिल्लो दिनमा विवादास्पद भाषण दिने गरेका छन् । जसका कारण मुलुकमा निर्वाचनका प्रति आशंकाको वातावरण निर्माण गर्नमा सहयोग पुर्याइरहेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंगलबार विराटनगरमा दिएको भाषण पनि यस्तै छ । उनले स्पष्ट रुपमा भने– यदि तोकिएको समयमै निर्वाचन सम्पन्न भएन भने देशमा दुर्घटना हुन्छ । यो उनको आचरण विपरितको भनाई हो । यहाँ निर्वाचन सार्ने विषयको औपचारिक निर्णय कतैबाट पनि आएको छैन । नत निर्वाचन गराउने निर्णय गरेको नेपाल सरकारले नै निर्वाचन स्थगित गर्ने, सार्ने या अहिले नगर्ने भन्ने विषयमा नै कुनै निर्णय गरेको छ । देश निर्वाचनमा जुटिसकेको र राजनीतिक दलहरुले उम्मेदबार छान्दै सार्वजनिक गर्दै गरिरहेको अवस्थामा प्रमुख निर्वाचान आयुक्तले निर्वाचन नगर्ने हो भने देशमा दुर्घटना हुन्छ भन्ने अभिव्यक्ति अकस्मात किन दिए ?

निर्वाचन गर्ने नेपाल सरकारले हो र निर्वाचन आयोगले सरकारको निर्णयलाई कार्यान्वयन गर्ने हो । हो, चुनावका बेलामा आयोगको महत्व किन हुन्छ भने उसले दलहरुका लागि आचार संहिता बनाउँछ र त्यो सबै दलले मान्नुपर्छ । आफ्नो यही भूमिकाको दुरुपयोग गरेर थपलियाले दलका नेताका भन्दा चर्काे भाषण गर्दै हिँड्नु पनि आचार संहिता विपरीत हो । उनी हिजो मिडियाको आचार संहिताको विषयमा भाषण गर्ने पुगेका थिए तर त्यस विषयमा भन्दा पनि उनी राजनीतिक भाषणमा बढी रमाएका थिए ।

गत हप्ता पनि उनले राष्ट्रिय राजनीतिक दलका नेताहरुलाई बोलाएर यस्तै राजनीतिक भाषण गरेका थिए । उनले त्यस बखत पनि दललाई बोल्न नदिइ आफ्नै भाषण मात्र सुनाएकाले गर्दा आयोगमै दलहरुले नाराबाजी गरेका थिए । उनले त्यस समयमा आफू कुनै एक संवैधानिक निकायको प्रमुख हुँ भन्न विर्सेर कुनै दलको नेताका रुपमा प्रस्तुत भएकाले आयोगको बैठकमा नै नाराबाजी गर्नु परेको एक नेताले सुनाए ।

अहिले थपलियाले यस्तो आशंकाको वातावरण बनाउनुका पछाडिको कारण के छ ? विपक्षी एमाले भने उनीप्रति नै थप सशंकित बनेको छ । या त यिनलाई सरकारले निर्वाचन हुदैन भन्ने कुनै संकेत दिएको छ या यिनी अरु कसैको गोटी बन्दैछन् । यहाँ कुनै राजनीतिक दलको नेताले भन्दा पनि प्रमुख निर्वाचन आयुक्तले नै निर्वाचनका प्रति आशंकापूर्ण अभिव्यक्ति दिँदै हिँडेकाले वातावरण थप बिग्रिन सक्ने पूर्व प्रमुख निर्वाचन आयुक्तहरु बताउँछन् । उनीहरु पनि थपलियाले राजनीतिक भाषण दिँदै हिँडेकामा अचम्मित भएका छन् ।