२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुन अझै सक्रिय



अ+ अ-

काठमाडौं । यस वर्ष मनसुनको समयावधि सकिए पनि मनसुन भने बाहिरिएको छैन । अक्टोबर २ सम्म मनसुन बाहिरिने भए पनि नेपालमा मनसुनको प्रभाव अझै कामय रहेको छ ।

अझै केही समय मनसुन कायम रहने सम्भावना प्रवल रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले यसै वर्षदेखि मनसुन बाहिरिने मिति अद्यावधिक हुँदै सेप्टेम्बर २३ बाट बढेर अक्टोबर २ सम्म तय गरेको होे । यो अवधिको मिति अबको ३० वर्षसम्म कायम रहनेछ । मनसुन सुरु हुने मिति पनि एक दिन पछाडि सरेर जुन १० बाट ११ जुन तय गरिएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार अझै पनि नेपालमा मनसुनको पूर्वीय वायु नै सक्रिय छ । जसका कारण देशका धेरै भू–भागमा बदलीसहित वर्षा भइरहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मनसुन बाहिरिनका लागि पश्चिमी वायु सक्रिय हुनुपर्छ, न्यूनचापीय रेखा बन्न र जलवाष्पको आवतजावतमा कमी आउनुपर्छ । तर, अहिलेसम्म त्यसो हुन सकेको छैन । ” पश्चिमी वायुको गतिले पूर्वीय वायु विस्थापित गरेर आकाशमा पश्चिमी वायुको प्रभाव बढेपछि मात्र मनसुन नेपाल बाहिरिने मौसमी प्रवृत्ति रहँदै आएको छ ।

त्यसो नभएकै कारण यस वर्ष मनसुनी अवधि थप लम्बिने सम्भावना बढेको जानकारी उहाँले दिनुभयो । जल तथा मौसम विज्ञान विभागले तय गरेको मनसुनको पाँच महिनाको अवधिमा यो वर्ष १५ प्रतिशत बढी वर्षा भएको थियो । विभागले यस वर्षको मनसुनमा नेपालमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको थियो । त्यस आधारमा धेरै बढी वर्षा नभए पनि १५ प्रतिशत बढी वर्षा भएको जानकारी विभागस्थित जलवायु विश्लेषण शाखाकी प्रमुख इन्दिरा कँडेलले दिनुभयो । उहाँका अनुसार सरदरको हिसाब गर्ने हो भने यो वर्षभन्दा गत वर्ष बढी वर्षा भएको थियो ।

शाखाले निकालेको ८६ वटा वर्षा मापन केन्द्रको विश्लेषण हेर्ने हो भने पनि गत वर्ष ११९ प्रतिशत वर्षा भएको थियो । यो वर्ष जम्मा ११५।५ प्रतिशतमात्र वर्षा भएको देखिएको छ । जसअनुसार मनसुनको तय मितिभित्र एक हजार ६२० मिलिमिटर वर्षा भएको छ ।

असार १ गतेबाट आकासिएको मनसुनी वायु साउन मध्यसम्म उच्च रहेर वर्षा गराएको थियो । त्यसपछि थोरै तल–माथि हुँदै भदौ दोस्रो सातापछि फेरि वर्षाको क्रम आकासिएको थियो । त्यो क्रम भदौ २४ गतेसम्म उच्च दरमा रहेको थियो । त्यसपछि घटबढकै अवस्थामा मनसुनी सक्रियता कायम छ । गत वर्ष मनसुनपछिको अवस्थामा निकै कम वर्षाका रूपमा २५ प्रतिशत वर्षा रेकर्ड भएको थियो ।, समाचर गोरखापत्र दैनिकमा प्रकाशित छ ।