२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबारदेखि मध्य भोटेकोसीको सेयर आउँदै



अ+ अ-

काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनीले यही असोज २० गतेदेखि  साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सिन्धुपाल्चोकवासी र सर्वसाधारणका लागि  समेत सेयर निष्कासनको तयारी गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

कम्पनीको जारी पुँजी छ अर्ब रहेको छ। त्यसको १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्कासन गर्न लागेको हो अर्थात् कम्पनीले  ६० लाख कित्ता सेयर सिन्धुपाल्चोकको आयोजना प्रभावित क्षेत्र भोटेकोसी गाउँपालिका–१ र  ५, बाह्रबिसे नगरपालिका–५,  ६ बासिन्दाका लागि छुट्याएको  छ। 

त्यस्तै बाह्रविसे–७  र ८ का स्थायी बासिन्दाका लागि १८ लाख कित्ता र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि ४२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ। यसबाहेक ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्ये पनि तीन लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीका लागि साढे चार लाख  कित्ता सामूहिक लगानी कोषको लागि र ८१ लाख ९० हजार कित्ता सेयर  सर्वसाधरणका लागि निष्कासन गर्ने भएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।