२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

गठबन्धनले स्थानीय निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको ओलीको आरोप

गठबन्धनले स्थानीय निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको ओलीको आरोप
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपालाई देखाएर सरकारले स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र गरिरहेको तर्क गर्नु भयो । नेकपा एमाले जिल्ला कमिटी ललितपुरले मंगलबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो चुनाव सार्ने षडयन्त्रको मतियार नबन्न पनि विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्नु भयो । उहाँले चुनाव सारेर स्थानीय तहलाई रिक्त बनाउने २०५९ सालमा आफूले गरेको गल्ती दोहो¥याउने काम नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिनु भयो । स्थानीय तहको निर्वाचन सारे देशको हितविरुद्ध हुने उल्लेख गर्दै अध्यक्ष ओलीको त्यो आफ्नो पार्टी र नेपाली जनतालाई सैह्य नहुने बताउनु भयो । अध्यक्ष ओलीले विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई रिहा गर्न र चुनावमा भाग लिने वातावरण तत्काल बनाउन पनि सरकारलाई दवाव दिनु भयो ।

उहाँले भन्नु भयो, ‘यो अपवित्र गठबन्धन, हेर्नुस्त षडयन्त्र, जालझेल, षडयन्त्र गरेर परमादेशी सरकार अहिले पनि चुनाव सार्ने षडयन्त्र गरिरहेका छन । चुनाव सारेर स्थानीय तह रिक्त गरिदिने । लोकतन्त्र रहन्छ ? लोकतन्त्र समाप्त पारिदिने । २०५९ सालमा पनि अहिलेका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजीले स्थानीय तह पनि रिक्त गराउने भएको थियो पहिले अनि प्रतिगमनमा पु¥याउनु भयो । स्थानीय तह रिक्त गराउने उहाँनै हुनुहुन्थ्यो । शेरबहादुर देउवाजी, म तपाईँलाई भन्न चाहन्छु–त्यही गल्ती नदोहो¥याउनुस । तपाईका काँग्रेसको इतिहासमा एक कोठी कार्यकर्ताले भन्लान–असल सेवकहरु पाइएको हुनाले पाँचौ पटक प्रधानमन्त्री हुुनु भयो । खेलाडी हुनु भो भनेर उहाँ खेलाडी होईन । अन्तैका खेलाडीहरुले उहाँलाई बनाएको हो । उहाँको रेकर्ड उहाँलाई खेलाउँदै लगेर भडकालोमा हाल्ने रेकर्ड छ । उहाँले देशलाई प्रतिगमनमा पुर्याएको रेकर्ड छ । यसपल्ट हामी चाहन्छौं–शेरबहादुर जीको त्यो खराव रेकर्ड नदोहोरियोस ।

उहाँले लोकतन्त्रको निरन्तरताको पक्षमा, लोकतान्त्रिक अभ्यासको पक्षमा उभिनुस । शेरबहादुर जी चुनाव रोक्ने षडयन्त्रमा लागि सक्नु भयो, मलाई थाहा छ । प्रचण्ड माधव नेपालहरु लागि सक्नु भयो । अहिले विप्लवलाई अगाडि सानु भएको छ । विप्लवका राजनीतिक कार्यकर्ता रिहा गर, चुनावमा भाग लिने वातावरण बनाऊ । तर त्यस बहानामा वा कुनै पनि बहानामा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्न मिल्दैन । सार्न पाईदैन । यो देशका हितविरुद्धको षडयन्त्र हुन्छ । यो षडयन्त्र कुनै पनि हालतमा नेपाली जनतालाई मान्य हुन सक्दैन ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रको भाँडो रित्तिएर बिर्को मात्रै बाँकि रहेको टिप्पणी गर्नु भयो । उहाँले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई काँग्रेसको पुच्छरको संज्ञा दिनु भयो । पुच्छर भएपनि, सिङ भएपनि यिनीहरु खासमा काँग्रेसनै भएको अध्यक्ष ओलीको आरोप थियो । उहाँले काँग्रेसको जिउँमा हिँडेको झिंगा र मच्छड धपाउने काममा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एस लागि परेको दोहो¥याउनु भयो । उहाँले भन्नु भयो, ‘प्रचण्डको माओवादी केन्द्र मैले हिजो बझाङमा बोल्दा भनेको थिए–माओवादी अव कुनै पार्टी रहेन । केन्द्र रह्यो केन्द्र । माओवादी पार्टी होईन, माओवादी केन्द्र । केन्द्र भनेको केन्द्र छ, माथि केही छैन । माओवादीको भाँडो रित्तिसक्यो, विक्र्रोमात्रै छ । त्यहीँ बिक्र्रो छ । नेताहरु छन २÷४ जना अरु हिँडीसके । त्यसैलाई उनीहरु भन्छन केन्द्र । माओवादी केन्द्र र माकुने गुट भनेका काँग्रेसको जिउँमा बसेका झिँगा र मछट धपाउने राम्रो झुम्का भएको चौंरीको पुच्छर जस्तो पुच्छर मात्रै हो । काँग्रेसको पुच्छर । जीउमा बसेको मछट र झिँगा हम्काउनका लागि काम त्यति काम लाग्छ । अरु केही उपादेयता छैन । यस्ताहरु एमाले सिध्याउने भनेर हिँडेका ।’

अध्यक्ष ओलीले ४० करोड काण्ड बाहिरिएपछि नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले कारबाही गरेको भन्दै आपत्ति जनाउनु भयो । चालिस करोड काण्डमा मिलेर खाने अर्थमन्त्री जनार्दन शर्माको योजना सफल हुन नसकेपछि गभर्नरमाथि सरकारले कारवाही चलाएको उहाँको निष्कर्ष थियो ।

अध्यक्ष ओलीले सरकार भ्रष्टाचार र कमिशनमा लिप्त भएको पनि पटकपटक दोहो¥याउनु भयो ।