२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

हामी श्रीलङ्काको बाटोमा छैनौँ : पूर्वगभर्नर नेपाल

हामी श्रीलङ्काको बाटोमा छैनौँ : पूर्वगभर्नर नेपाल
अ अ+ अ-

काठमाडौँ । देशको अर्थतन्त्रमा समस्या परेको र श्रीलङ्काको हालतमा पुगेको भन्दै चर्चा भइरहेका बेला नेपाल राष्ट्र बैंकका एक पूर्वगभर्नरले अवस्था त्यस्तो नरहेको टिप्पणी गर्नुभएको छ ।

समस्या समाधान नै गर्न नसकिने अवस्थामा नपुगेको भन्दै पूर्वगभर्नरले हाल देखिएको समस्यासमेत शीघ्र समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालले हाल देखिएको समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले जुनरुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन । अहिलेको समस्या छिट्टै समाधान हुन्छ ।” उहाँले नेपालको विदेशी ऋण पनि धेरै नरहेको स्पष्ट पार्नुभयो ।

पूर्वगभर्नर डा नेपालले भन्नुभयो, “श्रीलङ्काको बाटोमा त हामी छँदै छैनौँ । हामी सबैले संयमता अपनाउनुपर्छ । अहिले आत्तिनुपर्ने अवस्था छैन । यो समस्या छिट्टै नै समाधान हुन्छ । त्यो तहबाट गुज्रिएका छैनौँ तर, सतर्कता भने हुनुपर्छ ।” नेपाल राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने भएको तथ्य पेश गर्दै उहाँले सरकारको सल्लाहकारको रुपमा काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले कोभिडपछिको अवस्थामा बजेटले केही विषयमा सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गर्नुभयो । नेपालको अर्थतन्त्रको मेरुदण्ड विप्रेषण रहेको उल्लेख गर्दै हाल विदेशी सञ्चिति कम हुनुको पछाडि पर्यटन क्षेत्र ठप्प हुँदाको असर देखिएको उल्लेख गर्नुभयो । विलासी वस्तुको आयात नगर्नेजस्ता विषयमा केन्द्रीय बैंकले सबैको समन्वयमा त्यसखालको नीति लिनुपर्नेमा जोड दिँदै उहाँले युक्रेन र रसियाको युद्धको कारण खाद्य र तेलको मूल्य बढेको बताउनुभयो ।