• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर ★   संसद अवरोधबारे प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा छलफल

एमसीसीबारे जनतामा रहेको भ्रमलाई चिर्न कांग्रेस सफल – प्रवक्ता महत



file

काठमाडौं । नेपाली कांग्रेस पार्टीले एमसीसी सम्झौताको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिरेको बताएको छ ।

मंगलवार फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म चलेको पार्टीको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सम्बन्धमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अभियानका क्रममा एमसीसीको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिर्न सफल भएको बताउनुभएको हो । त्यसैगरी अभियानमा नेपाली कांग्रेसले गरेका विकास निर्माणको कामको सम्बन्धमा पनि जनतालाई बुझाएको उहाँले बताउनुभयो ।

विगतमा कोभिड–१९ को बेलामा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्ट्राचारका कारण कोभिडको व्यवस्थापन गर्न नसकेको भन्दै प्रवक्ता महतले कांग्रेस नेतृत्वको सरकार आएपछि खोपलाई व्यापकता दिन सकेको र कोभिड व्यवस्थापन गर्न सकेको कुरा जनतालाई स्पष्ट पारको पनि उहाँले उल्लेख गर्नुभयो । ओली नेतृत्वको सरकारले गरेका गलत काम बारेपनि जनतालाई जानकारी गराउँदै कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचार गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यस विचमा नेपाली कांग्रेसले विगतमा गरेका कामहरु जुन ओझेलमा परेका थिए । हामीले प्रचार गरेनौँ । काम गरिहालेका छौँ । जनताले आफैँ बुझिहाल्छ भन्ने मानसिकतामा हामीले काम गर्यौँ । जसले गर्दा हाम्रा कामहरु त्यति हाइलाइट हुन सकेका थिएनन् । त्यसलाई पनि यो अभियानको दौरानमा हामीले जनताको बिचमा सुस्पष्ट ढंगले राख्न सक्यौँ । त्यसले कतिपय भ्रमहरु हामीले चिर्न सफल भयौँ । केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले कोभिडको दौरानमा पनि ठुलो घोटाला, भ्रष्ट्राचार । जनता घरबाट निस्किन सक्ने अवस्थामा थिएनन् । रोजगारी गुमेको थियो । धेरै ठुलो संख्यामा नागरिकहरु कोभिडबाट प्रभावित भएका थिए । त्यस्तो अवस्थामा पनि फाइदा उठाउने अवसरको रुपमा जसरी ओली सरकाले लियो ।

त्यसबाट कोभिड व्यवस्थापन सुस्त भयो । र त्यसलाई कसरी नेपाली कांग्रेस पार्टी आएपछि खोपलाई व्यापक बनाएर हामीले ७५.७ प्रतिशतलाई पूर्ण खोप दिलाउन सरकार सफल भयो । जसमा ६६.१ प्रतिशतले दोस्रो चरणको खोप पनि प्राप्त गर्न सफल भए । देश जुन बन्दाबन्दीको अवस्थामा थियो त्यो पनि सुचारु रुपमा खुल्यो । स्कुल, कलेजहरु खुले । यो नेपाली कांग्रेसको सुझबुझपूर्ण र जिम्मेवारपूर्ण नेतृत्वले गर्दा हो ।

यो कुरा पनि हामी राख्न सफल भयौँ । त्यस्तै गरेर संविधानलाई डिरेल गरेर ओलीजीले जुन बाटोमा देशलाई अग्रसर गराउनु भएको थियो । त्यसलाई हामी ट्रयाकमा ल्यायौँ । र संवैधानिक अधिकारको विभाजन, शक्तिको पृथकीकरण सिद्धान्तको आधारमा जुन चलेको छ । त्यसलाई फेरी आ–आफ्नो ठाउँमा स्थापित गर्न हाम्रो पार्टीको नेतृत्वमा सफल भएका कुरापनि हामीले त्यहाँ राख्यौँ । ओलीको पालमा वैदेशिक ऋण बढ्दै थियो । भ्रष्ट्राचार व्यापक थियो । ति कुरा हामीले रोक्न सफल भयौँ । एमसीसीको सहयोग अर्निणित भएको थियो । अन्यौल सिर्जना भएको थियो । अन्तर्राष्ट्रिय जगतमा हाम्रो शाख गिरेको थियो । त्यसलाई पुर्नस्थापित गर्न कसरी हामी सफल भयौँ यि सम्पूर्ण कुराहरु हामीले राख्न सफल भयौँ ।’

प्रवक्ता महतले स्थानीय तह निर्वाचन नजिकिए पनि टिकटको तय गर्न प्राविधिक कठिनाइ भएको बताउनुभयो । गठबन्धन र तालमेलका कारण टिकटको टुंगो लगाउन ढिलाइ भएको उहाँले बताउनुभयो । स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘टिकटको तय गर्न केही समय लागेको छ । प्राविधिक कठिनाइहरु छन् । र गठबन्धन, तालमेलका पनि कुराहरु छन् । ति टुंगो लगाउने कुराहरु जटिल नै छन् । केही समय लागेको छ । त्यसमा पनि चाडै नै हामीले कहाँ कहाँ कसरी तालमेल गरेउ भन्ने कुरा थाहा पाउनुहुनेछ । स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने कुरा नै हो । निर्णय गर्न विभिन्न तहको संरचनालाई विधानले अधिकार दिएको छ त्यही अनुसार हुन्छ ।’

उहाँले अभियानका क्रममा नेपाली कांग्रेसमा हजारौँ प्रवेश गरेका पनि बताउनुभयो ।