२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

एमसीसीबारे जनतामा रहेको भ्रमलाई चिर्न कांग्रेस सफल – प्रवक्ता महत

एमसीसीबारे जनतामा रहेको भ्रमलाई चिर्न कांग्रेस सफल – प्रवक्ता महत
file
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस पार्टीले एमसीसी सम्झौताको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिरेको बताएको छ ।

मंगलवार फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म चलेको पार्टीको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सम्बन्धमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अभियानका क्रममा एमसीसीको सम्बन्धमा जनतामा रहेको भ्रमलाई चिर्न सफल भएको बताउनुभएको हो । त्यसैगरी अभियानमा नेपाली कांग्रेसले गरेका विकास निर्माणको कामको सम्बन्धमा पनि जनतालाई बुझाएको उहाँले बताउनुभयो ।

विगतमा कोभिड–१९ को बेलामा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्ट्राचारका कारण कोभिडको व्यवस्थापन गर्न नसकेको भन्दै प्रवक्ता महतले कांग्रेस नेतृत्वको सरकार आएपछि खोपलाई व्यापकता दिन सकेको र कोभिड व्यवस्थापन गर्न सकेको कुरा जनतालाई स्पष्ट पारको पनि उहाँले उल्लेख गर्नुभयो । ओली नेतृत्वको सरकारले गरेका गलत काम बारेपनि जनतालाई जानकारी गराउँदै कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचार गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यस विचमा नेपाली कांग्रेसले विगतमा गरेका कामहरु जुन ओझेलमा परेका थिए । हामीले प्रचार गरेनौँ । काम गरिहालेका छौँ । जनताले आफैँ बुझिहाल्छ भन्ने मानसिकतामा हामीले काम गर्यौँ । जसले गर्दा हाम्रा कामहरु त्यति हाइलाइट हुन सकेका थिएनन् । त्यसलाई पनि यो अभियानको दौरानमा हामीले जनताको बिचमा सुस्पष्ट ढंगले राख्न सक्यौँ । त्यसले कतिपय भ्रमहरु हामीले चिर्न सफल भयौँ । केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले कोभिडको दौरानमा पनि ठुलो घोटाला, भ्रष्ट्राचार । जनता घरबाट निस्किन सक्ने अवस्थामा थिएनन् । रोजगारी गुमेको थियो । धेरै ठुलो संख्यामा नागरिकहरु कोभिडबाट प्रभावित भएका थिए । त्यस्तो अवस्थामा पनि फाइदा उठाउने अवसरको रुपमा जसरी ओली सरकाले लियो ।

त्यसबाट कोभिड व्यवस्थापन सुस्त भयो । र त्यसलाई कसरी नेपाली कांग्रेस पार्टी आएपछि खोपलाई व्यापक बनाएर हामीले ७५.७ प्रतिशतलाई पूर्ण खोप दिलाउन सरकार सफल भयो । जसमा ६६.१ प्रतिशतले दोस्रो चरणको खोप पनि प्राप्त गर्न सफल भए । देश जुन बन्दाबन्दीको अवस्थामा थियो त्यो पनि सुचारु रुपमा खुल्यो । स्कुल, कलेजहरु खुले । यो नेपाली कांग्रेसको सुझबुझपूर्ण र जिम्मेवारपूर्ण नेतृत्वले गर्दा हो ।

यो कुरा पनि हामी राख्न सफल भयौँ । त्यस्तै गरेर संविधानलाई डिरेल गरेर ओलीजीले जुन बाटोमा देशलाई अग्रसर गराउनु भएको थियो । त्यसलाई हामी ट्रयाकमा ल्यायौँ । र संवैधानिक अधिकारको विभाजन, शक्तिको पृथकीकरण सिद्धान्तको आधारमा जुन चलेको छ । त्यसलाई फेरी आ–आफ्नो ठाउँमा स्थापित गर्न हाम्रो पार्टीको नेतृत्वमा सफल भएका कुरापनि हामीले त्यहाँ राख्यौँ । ओलीको पालमा वैदेशिक ऋण बढ्दै थियो । भ्रष्ट्राचार व्यापक थियो । ति कुरा हामीले रोक्न सफल भयौँ । एमसीसीको सहयोग अर्निणित भएको थियो । अन्यौल सिर्जना भएको थियो । अन्तर्राष्ट्रिय जगतमा हाम्रो शाख गिरेको थियो । त्यसलाई पुर्नस्थापित गर्न कसरी हामी सफल भयौँ यि सम्पूर्ण कुराहरु हामीले राख्न सफल भयौँ ।’

प्रवक्ता महतले स्थानीय तह निर्वाचन नजिकिए पनि टिकटको तय गर्न प्राविधिक कठिनाइ भएको बताउनुभयो । गठबन्धन र तालमेलका कारण टिकटको टुंगो लगाउन ढिलाइ भएको उहाँले बताउनुभयो । स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘टिकटको तय गर्न केही समय लागेको छ । प्राविधिक कठिनाइहरु छन् । र गठबन्धन, तालमेलका पनि कुराहरु छन् । ति टुंगो लगाउने कुराहरु जटिल नै छन् । केही समय लागेको छ । त्यसमा पनि चाडै नै हामीले कहाँ कहाँ कसरी तालमेल गरेउ भन्ने कुरा थाहा पाउनुहुनेछ । स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्ने कुरा नै हो । निर्णय गर्न विभिन्न तहको संरचनालाई विधानले अधिकार दिएको छ त्यही अनुसार हुन्छ ।’

उहाँले अभियानका क्रममा नेपाली कांग्रेसमा हजारौँ प्रवेश गरेका पनि बताउनुभयो ।