५ आश्विन २०८१, शनिबार
,
Latest
काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई विस्तारै आधुनिकीकरण गर्दै लानुपर्ने अहिलेको आवश्यक्ता र चुनौति- गृहमन्त्री (भिडियोसहित)



अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाललाई विस्तारै आधुनिकीकरण गर्दै लानुपर्ने अहिलेको आवश्यक्ता र चुनौति भएको बताउनु भएको छ ।

मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताउनु भएको हो । उहाँले नेपालमा अहिले रहेका पुराना बस्तीहरु जोखिममा रहेको र त्यसले सुरक्षामा थुप्रै जटिलताहरु सिर्जना गरेको बताउनु भयो । गृहमन्त्री खाँणले पछिल्लो समय शहरीकरणको मात्रा तीव्र गतिमा बढीहरको भन्दै शहरीकरणका लागि योजनावद्ध योजना तर्जुमा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले शहरको रुप नलिसकेका बस्तीहरुलाई व्यवस्थित बनाउनु पर्ने बताउनु भयो । गृहमन्त्री खाँणले आधुनिक बस्ती, आधुनिक शहरीकरणको परिकल्पना गर्दा दुर्गम बस्तीहरुलाई पनि समेट्न जरुरी रहेको बताउनु भयो ।

गृहमन्त्री खाँणले भन्नुभयो, ‘नेपाललाई पनि बिस्तारै आधुनिकीकरण गर्दै लानुपर्ने अहिले हाम्रो समय सापेक्ष आवश्यक्ता र चुनौति हो । नेपालको जुन खालको भौगोलिक विशिष्टता छ, हिमाल, पहाड, तराई, मधेश । नेपालको जस्तो खालको प्राकृतिक अवस्थिति छ, यसलाई ध्यानमा राखेर नै हामीले बस्ती विकासका व्यवहारिक योजनाहरु तर्जुमा गर्न जरुरी छ । तर मान्छेको खाना, नाना र छाना, गाँस, वास र कपास अपरिहार्य नै छ । त्यस्तै स्वास्थ्य, शिक्षा र सुरक्षा पनि र सूचना पनि अहिलेको नयाँ युगको महत्वपूर्ण अंग हो ।

अहिले हाम्रो पुरानो बस्तीहरुका कारणले गर्दा सुरक्षामा पनि थुप्रै जटिलताहरु छन् । नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व हो । अहिलेको बस्तीका कारणले पनि सुरक्षामा चुनौतिहरु छन् । पछिल्लो समयमा जसरी शहरीकरण भइरहेको छ, शहरीकरणका लागि पनि योजनावद्ध योजना तर्जुमा नै हामीले अगाडि बढाउनुपर्छ । जहाँ शहरको रुप लिइसकेको छैन, ती बस्तीहरुलाई हामीले योजनाभित्र कसरी समावेश गर्ने भन्ने सोच्नुपर्छ । सवारी साधनको पहुँच नभएका बस्तीहरुलाई दुर्गमको परिभाषा बदलेर अति दुर्गमको श्रेणीमा राख्न जरुरी छ । हामीले आधुनिक बस्ती, आधुनिक शहरीकरणको परिकल्पना गर्दा दुर्गम बस्तीहरुलाई पनि समेट्न जरुरी छ । सरकारले यसतर्फ हेर्न जरुरी छ ।’

गृहमन्त्री खाँणले नेपालमा कतिपय जिल्लाका केही स्थानहरुमा अझै पनि सवारीसाधनको पहुँच नपुगेको उल्लेख गर्दै ती ठाउँलाई अति दुर्गम स्थानको रुपमा घोषणा गरी राज्यले प्राथमिकताका साथ राखेर विकास गर्न आवश्यक रहेको बताउनु भयो ।