२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूतको शिष्टाचार भेट

ऊर्जामन्त्री भुसालसँग क्यानाडाका राजदूतको शिष्टाचार भेट
अ अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि क्यानाडाका नवनियुक्त राजदूत क्यामरुन डिन म्याकेले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा छलफल भयो ।

सो अवसरमा ऊर्जामन्त्री भुसालले विगतमा क्यानडाले नागरिक उड्डयन, ग्रामीण तथा पर्वतीय विकास, नवीकरणीय ऊर्जा एवं खाद्य सुरक्षाजस्ता क्षेत्रमा पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले क्यानडामा ठूलो सङ्ख्यामा नेपालीको बसोबास रहेको उल्लेख गर्दै जनस्तरीय एवं सांस्कृतिक सम्बन्ध दुई देशबीचको महत्वपूर्ण पाटो भएको स्मरण गर्नुभयो ।

नेपालले स्वच्छ ऊर्जाको विकास र व्यापारलाई प्रवद्र्धन गरिरहेको अवस्थामा क्यानडाले आर्थिक एवं प्राविधिक सहयोग गर्न सक्ने उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “विद्युत् खपतका लागि हाल प्रयोग हुँदै आएको पेट्रोलियम सार्वजनिक सवारी साधनलाई विद्युतीय साधनमा रुपान्तरण गर्दैछौँ । विद्युतीय ऊर्जा प्रयोग गरेर रासायनिक मल उत्पादन कम्पनी स्थापना गर्न चाहन्छौँ । यी क्षेत्रमा क्यानडाले आर्थिक तथा प्राविधिक सहयोग गर्न सक्छ ।”

मन्त्री भुसालले नेपालको विकासमा क्यानडाले गर्दै आएको सहयोग निरन्तर रहने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरूमा नेपाल–क्यानडाको सहकार्य निरन्तर रहनेमा पनि विश्वास व्यक्त गर्नुभयो ।

भेटमा राजदूत म्याकेले स्वच्छ ऊर्जाको विकासमा नेपालले प्रशंसनीय काम गरिरहेको उल्लेख गर्दै आफ्नो देशको सरकारी एवं निजी क्षेत्रले सहकार्य गरेर नेपालमा आवश्यक पर्ने प्राविधिक सहकार्य गर्ने बताउनुभयो । क्यानडाका निजी क्षेत्रले नेपालका निजी क्षेत्रसँग सहकार्य गर्ने उचित वातावरण सिर्जना गर्न आफूले पहल गर्ने उहाँले विश्वास दिलाउनुभयो ।

सो अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीको पनि उपस्थिति थियो । सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् नेपाल र क्यानडाबीचको सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहँदै आएको छ ।