३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत हेरफेर



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिको मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ ।

आयोगको सोमबारको निर्णय अनुसार भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्का न्‍यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको हो ।

अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुन् । उनीभन्दा अगाडि केशवप्रसाद अधिकारी र गायत्रीप्रसाद रेग्मी जिल्ला न्‍यायाधीश छन् ।

निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत रावलको ठाउँमा अधिकारीलाई तोकिएको जनाएको छ । यद्यपि, आयोगले मुख्य निर्वाचन अधिकृत किन फेरिएको हो भन्ने बारेमा स्पष्ट पारेको छैन ।