२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

देशका शहरहरुको व्यवस्थापनमा चुक्यौँ- झलनाथ खनाल (भिडियोसहित)

देशका शहरहरुको व्यवस्थापनमा चुक्यौँ- झलनाथ खनाल (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा शहरहरुको व्यवस्थापन गर्न नसकिएको बताउनु भएको छ ।

मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै सम्मानित नेता खनालले यस्तो बताउनु भएको हो । उहाँले बढ्दो शहरीकरणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बारेमा गम्भीर भएर सोच्ने बेला आएको पनि बताउनु भयो । सम्मानित नेता खनालले अब गाएँ र शहर व्यवस्थित बनाउने नीति निर्माण गर्दा दीर्घकालीन रुपमा समस्या ननिम्त्याउने ढंगको ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मानित नेता खनालले भन्नुभयो, ‘हाम्रा जति शहरहरु छन्, ती शहरहरु व्यवस्थित हुन सकिरहेका छैनन् । शहरीकरणकै शुरुवात कसरी भयो भन्ने हो भने, संसारमा झन्डै ४ हजार देखि ३ हजार वर्षको विश्वपोटेमियाको सभ्यतादेखि शुरु भएको कुरा विशेषज्ञहरु भन्ने गर्दछन् । हाम्रै देशमा पनि मोरङको पूर्वतिर भेडियारी भन्ने ठाउँछ । त्यहाँ ४ किलोमिटर लामो ४ किलोमिटर चौडा एउटा सिटी पुरिएर बसेको छ । त्यसलाई हामीले अहिले पनि उत्खनन गरेका छैनौँ । त्यो कुन कालखण्डको सिटी हो ? मान्छेहरुले के भन्ने गरेका छन् भने त्यो विराट राजाको दरवार हो भन्ने गरेका छन् । तर हो कि होइन, हामीले अनुसन्धान नगरीकन पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले जस्तो अयोध्या राम जन्मेको अयोध्या, चितवनमा भन्नु त भएन । तर त्यो यथार्थ हो । त्यो इसाई संवत भन्दा अगाडिको कुरा हो । आजको युगमा हामीले कसरी यो शहरीकरणलाई व्यवस्थित बनाएर लैजाने यी कुराहरुमा गम्भीरतापूर्वक सोच्नुपर्छ । त्यही अनुकुलको नीति निर्माण गर्नुपर्ने आवश्यक्ता छ ।’

सम्मानित नेता खनालले नेपालका केही स्थानहरुमा पुराना शहरहरु लुकेर रहेको भन्दै तिनको अनुसन्धान र खोजी हुन आवश्यक रहेको बताउनु भयो ।