२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका शहरहरुको व्यवस्थापनमा चुक्यौँ- झलनाथ खनाल (भिडियोसहित)



अ+ अ-

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालमा शहरहरुको व्यवस्थापन गर्न नसकिएको बताउनु भएको छ ।

मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै सम्मानित नेता खनालले यस्तो बताउनु भएको हो । उहाँले बढ्दो शहरीकरणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने बारेमा गम्भीर भएर सोच्ने बेला आएको पनि बताउनु भयो । सम्मानित नेता खनालले अब गाएँ र शहर व्यवस्थित बनाउने नीति निर्माण गर्दा दीर्घकालीन रुपमा समस्या ननिम्त्याउने ढंगको ऐन तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मानित नेता खनालले भन्नुभयो, ‘हाम्रा जति शहरहरु छन्, ती शहरहरु व्यवस्थित हुन सकिरहेका छैनन् । शहरीकरणकै शुरुवात कसरी भयो भन्ने हो भने, संसारमा झन्डै ४ हजार देखि ३ हजार वर्षको विश्वपोटेमियाको सभ्यतादेखि शुरु भएको कुरा विशेषज्ञहरु भन्ने गर्दछन् । हाम्रै देशमा पनि मोरङको पूर्वतिर भेडियारी भन्ने ठाउँछ । त्यहाँ ४ किलोमिटर लामो ४ किलोमिटर चौडा एउटा सिटी पुरिएर बसेको छ । त्यसलाई हामीले अहिले पनि उत्खनन गरेका छैनौँ । त्यो कुन कालखण्डको सिटी हो ? मान्छेहरुले के भन्ने गरेका छन् भने त्यो विराट राजाको दरवार हो भन्ने गरेका छन् । तर हो कि होइन, हामीले अनुसन्धान नगरीकन पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले जस्तो अयोध्या राम जन्मेको अयोध्या, चितवनमा भन्नु त भएन । तर त्यो यथार्थ हो । त्यो इसाई संवत भन्दा अगाडिको कुरा हो । आजको युगमा हामीले कसरी यो शहरीकरणलाई व्यवस्थित बनाएर लैजाने यी कुराहरुमा गम्भीरतापूर्वक सोच्नुपर्छ । त्यही अनुकुलको नीति निर्माण गर्नुपर्ने आवश्यक्ता छ ।’

सम्मानित नेता खनालले नेपालका केही स्थानहरुमा पुराना शहरहरु लुकेर रहेको भन्दै तिनको अनुसन्धान र खोजी हुन आवश्यक रहेको बताउनु भयो ।