१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाज पचेकाहरुले हो गठबन्धन गर्नी, सिद्धान्त मिल्नु छैन विचार मिल्नु छैन – पशुपति शर्मा



अ+ अ-

काठमाडौं । गायक पशुपति शर्माले स्थानीय चुनाव केन्द्रित सत्ता गठबन्धनलाई ‘लाज पचेकाहरूको गठबन्धन’को संज्ञा दिएका छन् ।

शर्माले फेसबुक स्टाटस लेख्दै आफूमा विश्वास नभएकाहरूले जनताको विश्वास कसरी जित्छौ ? भनी प्रश्न समेत गरेका छन् । कार्यकर्ता र जनतालाई भेडा नबन्न उनले सुझाएका छन् ।

शर्मा लेख्छन् – लाज पचेकाहरुले हो गठबन्धन् गर्नी,,सिद्दान्त मिल्नु छैन विचार मिल्नु छैन,,,चुनावि घोषणा पत्र आफ्ना आफ्ना छन्,,,,के हो यो
गठबन्धन,,,,,आफुमा बिश्वास छैन भने जनताको बिश्वास कसरी जित्छौ !!!!!