२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

प्रचण्डको भाइ भएकै कारण थुप्रै अवसर गुमाए, अब समृद्धिको पक्षमा लाग्छुः सांसद दाहाल (भिडियोसहित)

प्रचण्डको भाइ भएकै कारण थुप्रै अवसर गुमाए, अब समृद्धिको पक्षमा लाग्छुः सांसद दाहाल (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका नवनियुक्त सदस्य नारायण दाहालले देशको राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय अखण्डताको लागि आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको सदस्यको रुपमा सपथ ग्रहण गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ राष्ट्रिय सभा सदस्य दाहालले आफुले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र रहेर देशको राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय अखण्डताका लागि भुमिका खेल्ने बताउनुभएको हो । उहाँले नेपाली जनताको भावना र चाहानालाई सम्बोधन गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बजेटको प्रक्रिया नजिकिन लागेको उल्लेख गर्दै बजेटलाई देशको समृद्धिको पक्षमा लगाउन लाग्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मुख्यत्ः हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा अपुरा रहेका कामहरुलाई संस्थागत गर्ने विषयहरुलाई अलि गम्भिरतासाथ हेर्ने कुरा आफ्नो ठाउँमा रह्यो भुमिका । त्यसपछि राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र रहेर देशको राष्ट्रियता, जनताको स्वाधिनता, राष्ट्रिय अखण्डताका सन्दर्भमा आफ्नो ठाउँबाट मुख्य भुमिका त्यहाँ निर्वाह गर्नेकुरा छदैछ । अहिले जनताको भावना र चाहाना जो अभिव्यक्त भएको छ, म कुनै क्षेत्रबाट निर्वाचित नभएपनि भुमिकाको हिसाबकिताले आफ्नो क्षमताले भ्याएजति जनताको भावनालाई कदर गर्ने कुरा, जनताका चाहानाहरुलाई सम्बोधन गर्ने कुरामा म आफ्नो सम्पूर्ण समय त्यसमा लगाउने कुरामा म दृढ विश्वस्त छु र मैले अठोट र प्रतिज्ञापनि गरेको छु । पहिले पनि अन्तरिम कालमा पनि म डेढ वर्ष काम गरेँ । संविधानसभामा पनि चार वर्षको कार्यकाल काम गरेँ । धेरै नौलो त मलाई पक्कै हुँदैन होला । तरपनि विकसित परिस्थिति र राष्ट्रिय सभा त मेरो लागि नयाँ भएको हुनाले केही दिन गरीसकेपछि मुख्यत्ः अहिले मुखैमा बजेटको प्रक्रिया आएको हुनाले त्यसलाई जनताको पक्षमा, राष्ट्रको पक्षमा र देशको समृद्धिको पक्षमा आफुले सक्ने योगदान दिने कुरामा मैले निरन्तर लाग्नेछु ।’

राष्ट्रिय सभा सदस्य दाहालले अहिले पार्टीहरु र जनप्रतिनिधिहरुप्रति आम जनतामा वितृष्णा पैदा हुदै गएकाले आफ्नो व्यवहारबाट ति धारणाहरुलाई बदल्ने पनि बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरुलाई निष्कर्षमा पु¥याउनुपर्ने महत्वपूर्ण काम रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘जनप्रतिनिधिप्रति, पार्टीहरुप्रति जनताको जो वितृष्णा पैदा हुँदै गएको छ । त्यसलाई कसरी स्वच्छ, पार्टीको, जनप्रतिनिधिहरुप्रतिको धारणालाई बदल्ने कुरा हामी आफ्नै व्यवहारबाट हुन्छ भन्ने कुरालाई गम्भिरताका साथ लिएको मैले फेरी । किनभने जनताले भन्नेकुरालाई अन्यथा लिनु हुँदैन । जनताको भावनाको कदर गरेर हामी आफैँ रुपान्तरण हुन सक्यौँ भने जनताको विश्वास जित्न सकिन्छ भन्नेकुरा नै मुख्य कुरा हो भन्ने लाग्छ मलाई । शान्ति प्रक्रियाका काम बाँकी छ । थाँति छन् । त्यसलाई पुरा गर्नु पनि हामी जनप्रतिनिधिहरुको ऐन, कानूनसँग सम्बन्धित विषयहरु लिएर सबै विषयलाई तार्किक निष्कर्षमा पु¥याउनुपर्ने उत्तिकै महत्वपूर्ण काम छ भन्ने मलाई लाग्छ ।’

उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफु एकैदिन पार्टीमा पूर्णकालिन भएर हिडेको बताउनुभयो । आफु निरन्तर पार्टी काममा रहेको उल्लेख गर्दै उहाँले आफ्नो विरोध हुने गरेका कारण आफुले पार्टीबाट धेरै अवसरहरु गुमाउनु परेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘म मेरो हैसियतको कुरा गर्दाखेरी अध्यक्ष र म एकैदिन होलटाइमर भएर हिडेको । म निरन्तर पार्टीमा छु । निरन्तर काम गरेको छु । मेरो त दाबी के हो भने यस्तै बाहिरका कुराहरुले गर्दा मैले पाउनुपर्ने जति अबसरहरु मैले गुमाउनु परेको छ बरु । अर्को कुरा कामले हो, को व्यक्ति कता हो भन्ने कुरा भरतपुरमा गएर हेर्नुभयो भने रेनुलाई हामीले खोजेको होइन अब । भरतपुरका जनताले खोजेका छन् । त्यहाँको विकास निर्माण, त्यहाँका काम, कारबाहीले गर्दाखेरी । अर्को कुरा के हो भने रेनु आफैमा प्रचण्डकी छोरी भएर आएकै होइन यो आन्दोलनमा । ऊ त आन्दोलनकारी भएर आएको हो । पार्टीको एउटा नेताको रुपमा आएको हो । पार्टीको कार्यकर्ताको रुपमा आएको हो । पार्टीले दिएको जिम्मेवारी पुरा गर्दै आएको पनि हो । हिजो हामी युद्धमा हिड्दा तपाईका छोराछोरीहरु के ? भन्ने कोइशन आउथ्यो ? म गर्वका साथ भन्छु हाम्रो परिवारमा अध्यक्षका छोराछोरीदेखि सबै, मेरो छोरा, बुहारी, बुढी सबै हामी युद्धमै थियौँ । दश वर्षको जनयुद्धमा हामी आफुलाई सम्पूर्ण रुपमा सर्मपित भएर हिडेकाहरुलाई अब अहिले आएर यो कुरा भन्ने कुरा त तुक त छैन । तैपनि यसलाई हामीले त्यही ढंगले सम्झाउने, बुझाउने गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

दाहालले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट राष्ट्रिय सभा सदस्यको रुपमा सपथ ग्रहण गर्नुभएको हो ।