५ आश्विन २०८१, शनिबार
,
Latest
काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको भाइ भएकै कारण थुप्रै अवसर गुमाए, अब समृद्धिको पक्षमा लाग्छुः सांसद दाहाल (भिडियोसहित)



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका नवनियुक्त सदस्य नारायण दाहालले देशको राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय अखण्डताको लागि आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको सदस्यको रुपमा सपथ ग्रहण गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ राष्ट्रिय सभा सदस्य दाहालले आफुले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र रहेर देशको राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय अखण्डताका लागि भुमिका खेल्ने बताउनुभएको हो । उहाँले नेपाली जनताको भावना र चाहानालाई सम्बोधन गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बजेटको प्रक्रिया नजिकिन लागेको उल्लेख गर्दै बजेटलाई देशको समृद्धिको पक्षमा लगाउन लाग्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘मुख्यत्ः हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा अपुरा रहेका कामहरुलाई संस्थागत गर्ने विषयहरुलाई अलि गम्भिरतासाथ हेर्ने कुरा आफ्नो ठाउँमा रह्यो भुमिका । त्यसपछि राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र रहेर देशको राष्ट्रियता, जनताको स्वाधिनता, राष्ट्रिय अखण्डताका सन्दर्भमा आफ्नो ठाउँबाट मुख्य भुमिका त्यहाँ निर्वाह गर्नेकुरा छदैछ । अहिले जनताको भावना र चाहाना जो अभिव्यक्त भएको छ, म कुनै क्षेत्रबाट निर्वाचित नभएपनि भुमिकाको हिसाबकिताले आफ्नो क्षमताले भ्याएजति जनताको भावनालाई कदर गर्ने कुरा, जनताका चाहानाहरुलाई सम्बोधन गर्ने कुरामा म आफ्नो सम्पूर्ण समय त्यसमा लगाउने कुरामा म दृढ विश्वस्त छु र मैले अठोट र प्रतिज्ञापनि गरेको छु । पहिले पनि अन्तरिम कालमा पनि म डेढ वर्ष काम गरेँ । संविधानसभामा पनि चार वर्षको कार्यकाल काम गरेँ । धेरै नौलो त मलाई पक्कै हुँदैन होला । तरपनि विकसित परिस्थिति र राष्ट्रिय सभा त मेरो लागि नयाँ भएको हुनाले केही दिन गरीसकेपछि मुख्यत्ः अहिले मुखैमा बजेटको प्रक्रिया आएको हुनाले त्यसलाई जनताको पक्षमा, राष्ट्रको पक्षमा र देशको समृद्धिको पक्षमा आफुले सक्ने योगदान दिने कुरामा मैले निरन्तर लाग्नेछु ।’

राष्ट्रिय सभा सदस्य दाहालले अहिले पार्टीहरु र जनप्रतिनिधिहरुप्रति आम जनतामा वितृष्णा पैदा हुदै गएकाले आफ्नो व्यवहारबाट ति धारणाहरुलाई बदल्ने पनि बताउनुभयो । उहाँले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरुलाई निष्कर्षमा पु¥याउनुपर्ने महत्वपूर्ण काम रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘जनप्रतिनिधिप्रति, पार्टीहरुप्रति जनताको जो वितृष्णा पैदा हुँदै गएको छ । त्यसलाई कसरी स्वच्छ, पार्टीको, जनप्रतिनिधिहरुप्रतिको धारणालाई बदल्ने कुरा हामी आफ्नै व्यवहारबाट हुन्छ भन्ने कुरालाई गम्भिरताका साथ लिएको मैले फेरी । किनभने जनताले भन्नेकुरालाई अन्यथा लिनु हुँदैन । जनताको भावनाको कदर गरेर हामी आफैँ रुपान्तरण हुन सक्यौँ भने जनताको विश्वास जित्न सकिन्छ भन्नेकुरा नै मुख्य कुरा हो भन्ने लाग्छ मलाई । शान्ति प्रक्रियाका काम बाँकी छ । थाँति छन् । त्यसलाई पुरा गर्नु पनि हामी जनप्रतिनिधिहरुको ऐन, कानूनसँग सम्बन्धित विषयहरु लिएर सबै विषयलाई तार्किक निष्कर्षमा पु¥याउनुपर्ने उत्तिकै महत्वपूर्ण काम छ भन्ने मलाई लाग्छ ।’

उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफु एकैदिन पार्टीमा पूर्णकालिन भएर हिडेको बताउनुभयो । आफु निरन्तर पार्टी काममा रहेको उल्लेख गर्दै उहाँले आफ्नो विरोध हुने गरेका कारण आफुले पार्टीबाट धेरै अवसरहरु गुमाउनु परेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘म मेरो हैसियतको कुरा गर्दाखेरी अध्यक्ष र म एकैदिन होलटाइमर भएर हिडेको । म निरन्तर पार्टीमा छु । निरन्तर काम गरेको छु । मेरो त दाबी के हो भने यस्तै बाहिरका कुराहरुले गर्दा मैले पाउनुपर्ने जति अबसरहरु मैले गुमाउनु परेको छ बरु । अर्को कुरा कामले हो, को व्यक्ति कता हो भन्ने कुरा भरतपुरमा गएर हेर्नुभयो भने रेनुलाई हामीले खोजेको होइन अब । भरतपुरका जनताले खोजेका छन् । त्यहाँको विकास निर्माण, त्यहाँका काम, कारबाहीले गर्दाखेरी । अर्को कुरा के हो भने रेनु आफैमा प्रचण्डकी छोरी भएर आएकै होइन यो आन्दोलनमा । ऊ त आन्दोलनकारी भएर आएको हो । पार्टीको एउटा नेताको रुपमा आएको हो । पार्टीको कार्यकर्ताको रुपमा आएको हो । पार्टीले दिएको जिम्मेवारी पुरा गर्दै आएको पनि हो । हिजो हामी युद्धमा हिड्दा तपाईका छोराछोरीहरु के ? भन्ने कोइशन आउथ्यो ? म गर्वका साथ भन्छु हाम्रो परिवारमा अध्यक्षका छोराछोरीदेखि सबै, मेरो छोरा, बुहारी, बुढी सबै हामी युद्धमै थियौँ । दश वर्षको जनयुद्धमा हामी आफुलाई सम्पूर्ण रुपमा सर्मपित भएर हिडेकाहरुलाई अब अहिले आएर यो कुरा भन्ने कुरा त तुक त छैन । तैपनि यसलाई हामीले त्यही ढंगले सम्झाउने, बुझाउने गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’

दाहालले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट राष्ट्रिय सभा सदस्यको रुपमा सपथ ग्रहण गर्नुभएको हो ।