१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षमानजी गठबन्धन भाड्न क्रियाशिल हुनुभयो: अर्थमन्त्री शर्मा (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा माओवादीका नेता एबं अर्थमन्त्री जनार्दन शर्माले पार्टीका नेता वर्षमान पुन गठबन्धन भाड्न सक्रिय रहेको आरोप लगाउनु भएको छ ।

प्राईम टेलिभिजनको जनता जान्न चाहान्छन् कार्यक्रमलाई दिनु भएको एक अन्तरवार्तामा मन्त्री शर्माले पुन प्रति आरोप लगाउदै भन्नुभयो “वर्षमान पुन र म साथी साथी हौं, सहयोद्धा हौं । उहाँसँग मेरो सम्बन्ध राम्रै छ । तर उहाँ एमालेसँग तालमेलमा जान चाहनुहुन्छ । हामी यही गठबन्धनलाई बलियो बनाउने पक्षमा छौं । यो कुरा उहाँलाई मन परेको छैन । त्यसैले गठबन्धनको विरोध गर्न गभर्नर निलम्बनमार्फत छिर्नुभएको हो ।”

वर्षमान पुनलाई यसबाट कुनै राजनीतिक लाभ नहुने पनि शर्माले दाबी गर्नुभयो । उहाँले भन्नुभयो “वर्षमानले त्यो कुरा व्यक्तिगत र पार्टीगत रुपमा भन्नुभएको छैन, पत्रिकामार्फत भन्नुभएको छ । यो उहाँको बुझाइको समस्या हो । उहाँले आफूलाई राजनीतिक फाइदा हुन्छ भनेर निलम्बनको आलोचना गर्नुभएको होला । तर उहाँलाई केही पनि फाइदा हुँदैन ।”

आफूले पुनलाई महासचिब बन्न नरोकेको दाबी गर्दे उहाँले भन्नुभयो “मैले उहाँलाई महासचिव हुनोस् भनेको हुँ । मैले रोकेर उहाँ महासचिव हुन नपाउने हो र रु महासचिव को बन्ने भन्ने कुरा रहर गरेर मात्र हुँदैन । यसको निश्चित विधि र प्रक्रिया हुन्छ । कार्यकर्ताको चाहना पनि हो ।”