२ श्रावण २०८३, शनिबार
,
Latest
पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट मधेस प्रदेश सरकारद्वारा करिब रु ३३ अर्ब राजस्व सङ्कलन औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा नयाँ नेतृत्व चयन हुँदै (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

आइतवारदेखि सुरु भएको महासंघको छैठौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने कार्यतालिका प्रकाशित भएको छ । नयाँ नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर र निवर्तमान महासचिव सरोज सिटौलाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

निर्वाचन कार्यतालिका प्रकाशित भएपनि भरसक शिर्ष तहमा सहमतीको प्रयास भइरहेको निर्वाचन अधिकृत प्रकाश रावलले बताउनुभयो । उहाँले सर्वसम्मत नेतृत्व चयन नभएको अवस्थामा कार्यतालिका अनुसार मतदान प्रक्रिया आरम्भ हुने बताउनुभयो ।

निवर्तमान महासचिव सरोज सिटौलाले महासंघको नेतृत्वका लागि सर्वसम्मतिको प्रयास भइरहेको बताउनुभयो । सहमती नहुँदा लोकतान्त्रिक पद्धतीबाट चयन प्रक्रिया अगाडी बढ्ने बताउनुभयो । नेपालको यातायात क्षेत्र विभिन्न संकटले ग्रस्त भएको अवस्थामा देशभरका यातायात व्यवसायीहरुको संरक्षण गर्नसक्ने नयाँ नेतृत्व आउनुपर्ने उहाँले बताउनुभयो ।

निर्वाचन कार्यक्रमका लागि ललितपुरको गोदावरीमा देशभरका यातायात व्यवसायीहरु भेला भएका छन् ।