७ फाल्गुन २०८१, बुधबार
February 19, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 17.33

Wind: 3.09

Humidity: 45

Latest
पार्टी संगठनहरुभित्र दक्षिणपन्थी अवसरवाद मौलाउदै गएको छः सञ्चारमन्त्री वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छः प्रधानन्यायाधीश राउत ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीद्वारा भारतीय मन्त्रीसँग कुराकानी पुर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रुपमा लिनुपर्छः कमल थापा तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान ‘ब्लु हिल’मा तीन करोडको पर्यटकीय पूर्वाधार एफएटीएफको बैठक शुरु, नेपालबारे के निर्णय आउला ? केआईआईटीबाट एक सयभन्दा बढि विद्यार्थी नेपाल फर्किए राजाले त्यसै बोलेका छैनन्,सबै मिल्नुको विकल्प छैन: राप्रपा नेता मिश्र रुसले बर्बरता रोक्न चाहन्छ…यो अर्थहीन युद्ध होः अमेरिकी राष्ट्रपति ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरी महानिरीक्षक खनालको बिदाइ



अ+ अ-

काठमाडौं । सेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा सोमबार आयोजित विशेष समारोहका बीच उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फूलमालाका साथ मायाको चिनो प्रदान गरी बिदाइ गर्नुभएको हो ।

सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष श्रीमती सरिता कँणेल खनाललाई सो सङ्घकी उपाध्यक्ष ज्योति केसीले फूलमालासहित बिदाइ गर्नुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई सङ्गठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ गर्नुभयो ।

महानिरीक्षक खनालले साङ्गठनिक विकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय केसी र पौडेललाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्नुभयोे ।

महानिरीक्षक खनालले राज्यप्रदत्त जिम्मेवारी निर्वाहको क्रममा आफ्नो प्राणको समेत आहुति दिनुहुने सङ्गठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व कृष्णमोहन श्रेष्ठलगायत सम्पूर्ण अमर सशस्त्र प्रहरीको योगदानको स्मरण गर्दैै कर्तव्य पालनाका सिलसिलामा घाइते भई अङ्गभङ्ग भएका राष्ट्रसेवकहरूको समेत शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

उहाँले सङ्गठन आजको यस स्थानमा आइपुग्नुमा सङ्गठनका पूर्वज नेतृत्व, अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीले पु¥याएको योगदानको स्मरण गर्नुभयो । महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारी उत्तरी सिमानाको हिमाली क्षेत्रको कठ्याङ्ग्रिने जाडोदेखि दक्षिणी तराईको हावाहुरी तथा प्रचण्ड गर्मी रहेका ठाउँमा व्यक्तिगत स्वार्थलाई थाती राखी अहोरात्र खटिई आम नागरिकको सुरक्षामा खटिएको जानकारी दिनुभयो ।

उहाँले सीमा अपराध नियन्त्रण, आपत्विपत् पीडित नागरिकको उद्वार तथा चोरी निकासी तथा पैठारी नियन्त्रणमा खटिई प्रदर्शन गरेको उच्च व्यावसायिकता र उत्कृष्ट कार्यसम्पादन तथा कोभिड–१९ महामारी नियन्त्रण तथा सङ्क्रमितको उपचारमा नेपाल एपिएफ अस्पतालमार्फत प्रदर्शन गरेको सेवा था समर्पणभावको समेत सरकार तथा विभिन्न निकायबाट प्रशंसा भइरहेको उल्लेख गर्नुभयो ।

समारोहमा सम्बोधनका क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीले सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकामा बधाई दिँदै अवकाशपछिको जीवन सुखमय बितोस् भन्ने शुभेच्छा प्रकट गर्नुभयो ।रासस