२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

तनहुँको भिमादमा एमाले उम्मेदवार छान्न मतदान, सुवेदी र थापा सिफारिस

तनहुँको भिमादमा एमाले उम्मेदवार छान्न मतदान, सुवेदी र थापा सिफारिस
अ अ+ अ-

तनहुँ । तनहुँको भिमाद नगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार छान्नका लागि नेकपा एमालेले मतदान नै गरेको छ । आउँदो वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भिमादको मेयर र उपमेयरका आकांक्षी धेरै भएपछि सोमबार मतदानबाट नाम सिफारिस गरिएको हो ।

मतदानमा नगर कमिटी सदस्य ८४ जना सहभागी थिए । मतदानबाट मेयरमा दधिराज सुवेदी र इमानबहादुर थापाको नाम सिफारिस गरिएको छ । सुवेदीले ५८ र थापाले ५७ मत प्राप्त गरे ।

यस्तै, पुनः मेयरमा दोहोरिने आकांक्षा राखेका मेखबहादुर थापाले ३६ मत मात्रै पाएर आकांक्षीको सूचीबाट बाहिरिएका छन् ।

अर्कोतर्फ, उपमेयरमा शारदा खनाल, चन्द्रावती श्रेष्ठ र नारायणी गैह्रे लामिछाने सिफारिस भएका छन् । उपमेयरमा पाँच जना आकांक्षी रहेकोमा खनालले ७४, श्रेष्ठले ४८ र गैह्रेले ४७ मत पाएका छन् । यस्तै, दिना गोतामेले ३१ र पवित्रा थापा मगरले ४० मत पाएका थिए ।

भिमादमा अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर–उपमेयर सहित अधिक वडामा एमाले विजयी बनेको थियो ।