१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

इमरान खानको दल संसदबाट बाहिरिने चेतावनी, दिए सामूहिक राजीनामा

इमरान खानको दल संसदबाट बाहिरिने चेतावनी, दिए सामूहिक राजीनामा
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान (फाइल फाेटाे)
अ अ+ अ-

काठमाडाैंः पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई)ले पाकिस्तानको संसद्‍ (नेसनल एसेम्ब्ली) बाट सामूहिक राजीनामा दिने निर्णय गरेको छ ।

आफ्नै पार्टीका केही सांसदले दल त्याग गरी विपक्षीलाइ सघाएपछि इमरान खानले आइतबार भएको मतदानमा संसदबाट विश्वासको मत पाउन सकेका थिएनन् । पाकिस्तानको इतिहासमा कुनै प्रधानमन्त्री संसदमा विश्वासको मत गुमाएर पदच्यूत भएको यो पहिलो घटना थियो ।

पाकिस्तानको संसदले आज सोमबार नयाँ प्रधानमन्त्री चुन्दैछ, र यसमा पाकिस्तानको विपक्षी दल पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शहबाज शरिफ प्रधानमन्त्री चुनिने सम्भावना बढी छ । उनी पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफका भाइ हुन् ।

पीटीआईका अध्यक्ष इमरान खानको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले अवाञ्छित तबरबाट सरकार गठन हुन लागेको भन्दै त्यसको विरोधमा राजीनामा दिने निर्णय गरेको पीटीआईका नेता फारुख हबिबले बताएकाे डनले लेखेकाे छ ।

पार्टीको यस घोषणासँगै सांसद मुराद सईदले राजीनामा बुझाएका छन् । उनी संसदबाट राजीनामा गर्ने पहिलो व्यक्ति हुन् । उनले पाकिस्तानमा सरकार बनाउने र भत्काउने कार्यमा विदेशी हस्तक्षेप हुनु आफूहरुका लागि कदापी स्वीकार्य नहुने पनि बताए ।

पाकिस्तानको संसदमा आइतबार मध्यरातमा भएको मतदानमा १७४ सांसद खानको विपक्षमा उभिएका थिए । ३४२ सदस्यीय पाकिस्तानी संसदमा भएको मतदान मार्फत आफ्नो पद जोगाउन खानलाई कम्तीमा १७२ सांसदको समर्थन आवश्यक पर्थ्यो ।

नयाँ प्रधानमन्त्रीले सन् २०२३ को अक्टोबरमा अर्को चुनाव नहुन्जेलसम्म सत्ता सम्हाल्नेछन् ।

सत्ताबाट इमरान खानको बहिर्गमनसँगै पाकिस्तानभर पीटीआईका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।