• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   इलामका जनताले घण्टी नबजाइकन सांकेतिक घण्टीको आवाज बजाइदिएः रास्वपा ★   राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड ★   सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु ! ★   मुम्बई आईपीएल प्लेअफको दौडबाट बाहिरियो, कोलकाताकोे १२ वर्षपछि वानखेडेमा जित ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै कठिन, एमाले झन् रिसायो ★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमेरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री…

जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी छ : प्रदेश प्रमुख गुरुङ



चितवन । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी रहेको बताउनुभएको छ । तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले राजनीति बुझ्न नखोज्ने जातीय स्वभाव भएकाले यो समुदाय पछि परेको धारणा राख्नुभयो ।

जातीय स्वायत्तताका लागि राजनीतिको रस बुझ्न जरुरी रहेको गुरुङको भनाइ थियो । उहाँले भन्नुभयो, “यो समुदायले राजनीतिमा पहँुच बढाउन आवश्यक छ ।” राजनीतिक दलभित्र रहेर सङ्घर्ष गर्नुपर्ने उहाँले बताउनुभयो । राजनीति बुझेर त्यहाँभित्र आफ्नो बलियो उपस्थिति खोज्न उहाँको आग्रह थियो ।

सो अवसरमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्याल्जे लामा शेर्पा, तमु प्ये ल्हु सङ्घ नेपालका अध्यक्ष हितकाजी गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुम गुरुङलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

महाधिवेशन मङ्गलबारसम्म चल्ने छ । महाधिवेशनमा सहभागी हुन ६५ जिल्लाका झण्डै एक हजार प्रतिनिधि चितवन आएका छन् । महाधिवेशनले तीनवर्षे कार्यकालका लागि ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने आयोजकले जनाएको छ ।