२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारसँग अझै साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम छ’ (भिडियोसहित)



अ+ अ-

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजय पौडेलले सरकारसँग अझै साँढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने रकम भएको दाबी गर्नुभएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय नयाँ बानेश्वरमा युवा संघ नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपमहासचिव पौडेलले यस्तो बताउनु भएको हो । उहाँले नेपालमा चर्चा भएजत्तिको आर्थिक संकट नभएको पनि बताउनु भयो । उपमहासचिव पौडेलले रकम बढी परिचालनमा ल्याउनको लागि अहिले उद्योग व्यवसायमा केही व्यवसायीहरुले तिर्न नसकेको ऋणलाई पुनः पूँजीकरणको सुविधा दिनुपर्ने बताउनु भयो ।

उहाँले ऋणमा रहेका व्यवसायीहरुलाई सरकारले पुनः पूँजीकरणको सुविधा दिँदा व्यापारीहरु पनि कालो सूचि (ब्ल्याक लिस्ट) मा नपर्ने र काम पनि हुने बताउनु भयो । उपमहासचिव पौडेलले विदेशमा भएका सबै नेपालीहरुलाई आफूले जम्मा पारेको पूँजी नेपालमा डलरमा पठाउन आह्वान गरेपनि आर्थिक संंकटको समाधान हुने बताउनु भयो ।

उपमहासचिव पौडेलले भन्नुभयो, ‘पैसा बढी परिचालनमा ल्याउनका लागि अहिले उद्योग व्यवसायमा जो ऋण तिर्न नसकेको मानिसहरु छन्, त्यो सबै ऋणलाई रिक्पाइलाइज गरिदिने हो भने, बैंकको खातामा पनि हिसाव आउँछ । उद्योगीहरु पनि ब्ल्याकलिस्टमा पर्दैनन् । काम गर्न पाउँछन्, जसले गर्दा व्यवसाय सुचारु हुन्छ । तत्काल गर्न सकिने भनेको सबै उद्योग, व्यवसायीहरुको ऋण, जसले तिर्न नसकेको छ, उनीहरुलाई पुनः पूँजीकरणको सुविधा दिने काम गर्न सकिन्छ ।

अर्को भनेको सरकारले विदेशमा भएका सबै नेपालीलाई सानो अह्वान गरेमा आफूले आजसम्म खाएको तलव डलरमा छिटो देशमा पठाउनुस् भन्ने हो भने त्यसबाट पर्याप्त पैसा आउँछ । अहिले पनि साढे ६ महिनालाई वैदेशिक आयात धान्न सक्ने पैसा छ । भनेजस्तो कडा शंकट छैन । विदेशमा आफन्त भएकाहरुलाई श्रोत नखोजि ५/७ सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको शंकट हट्छ ।’

उपमहासचिव पौडेलले विदेशमा आफन्त भएका परिवारहरुलाई श्रोत नखोजि ५/७ सय डलर बैंकमा जम्मा गर्न लगाउने हो भने राष्ट्रको संकट हट्ने बताउनु भयो ।