१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथका चर्चित जोडी नागा–सामन्थाः वैवाहिक जीवनको ४ वर्षपछि अलग भए



अ+ अ-

एजेन्सी । साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि तथा अभिनेत्री सामन्था अक्किनेनी अलग भएका छन् । 

शनिवार सामन्थाले आफुहरुले सम्बन्धविच्छेद गर्ने घोषणा गरको जनाएकी हुन् । ४ बर्ष अघि विवाह बन्धनमा बाधिँएका नागा र सामन्थाले सानो करणले सम्बन्धविच्छेद गर्ने भएको बताइएको छ ।

सामन्थाले अब आफुहरुले केही दिनमै सम्बन्धविच्छेद गर्नेबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै आफूहरु छुट्टिने निर्णय गरेको बताएकी हुन् ।

उनले विज्ञप्तीमा लेखेकी छिन् – 'धेरै लामो समयको सोचविचार पछि म र नागाले अलग बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रुपमा अलग हुने फैसला गरेका छौं । हामी भाग्यशाली छौं किनकी एक दशक भन्दा लामो समयदेखिको हाम्रो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र हामी विश्वास गर्छौ कि आगामी दिनमा हामीविच विशेष बन्धन रहनेछ ।’

सुपरस्टार अक्किनेनी नागार्जुनका छोरा नागाले सन् २०१७ को अक्टुबर ६ मा सामन्थासँग विवाह गरेका थिए । केही समय अघिदेखि नै फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने नागाको चाहना रहेको र त्यसमा सामन्था सहमती नभएपछि यी दुई जोडीको सम्बन्धमा बाधा पुगेको खबर बाहिर आएको थियो ।