१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथका चर्चित जोडी नागा–सामन्थाः वैवाहिक जीवनको ४ वर्षपछि अलग भए



अ+ अ-

एजेन्सी । साउथ फिल्मका चर्चित अभिनेता नागा चैतन्य र उनकी पत्नि तथा अभिनेत्री सामन्था अक्किनेनी अलग भएका छन् । 

शनिवार सामन्थाले आफुहरुले सम्बन्धविच्छेद गर्ने घोषणा गरको जनाएकी हुन् । ४ बर्ष अघि विवाह बन्धनमा बाधिँएका नागा र सामन्थाले सानो करणले सम्बन्धविच्छेद गर्ने भएको बताइएको छ ।

सामन्थाले अब आफुहरुले केही दिनमै सम्बन्धविच्छेद गर्नेबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले एक प्रेस विज्ञप्ती जारी गर्दै आफूहरु छुट्टिने निर्णय गरेको बताएकी हुन् ।

उनले विज्ञप्तीमा लेखेकी छिन् – 'धेरै लामो समयको सोचविचार पछि म र नागाले अलग बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रुपमा अलग हुने फैसला गरेका छौं । हामी भाग्यशाली छौं किनकी एक दशक भन्दा लामो समयदेखिको हाम्रो मित्रता हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र हामी विश्वास गर्छौ कि आगामी दिनमा हामीविच विशेष बन्धन रहनेछ ।’

सुपरस्टार अक्किनेनी नागार्जुनका छोरा नागाले सन् २०१७ को अक्टुबर ६ मा सामन्थासँग विवाह गरेका थिए । केही समय अघिदेखि नै फिल्मको काम छोडेर परिवारको संख्या बढाउन भन्ने नागाको चाहना रहेको र त्यसमा सामन्था सहमती नभएपछि यी दुई जोडीको सम्बन्धमा बाधा पुगेको खबर बाहिर आएको थियो ।