१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिंसा दिवसमा आठ जिल्लामा प्रदर्शन : जेष्ठ नागरिक दिवसमा सहयोग



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय अहिंसा दिवस २ अक्टोबरका अवसरमा शनिबार मानव अधिकार तथा शान्ति समाजले ८ जिल्लामा प्रदर्शन गरेको छ । काठमाडौं, रुपन्देही, चितवन, दाङ, तेह्रथुम, कपिलवस्तु, अछाम र बाँके शाखाको आयोजनामा अहिंसा: पवित्र एवं गौरवमय मार्ग भन्ने सन्देशसहित प्रदर्शन गरेको हो ।

१५ जुन २००७ को दिन संयुक्त राष्ट्र महासभाले अक्टोवर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । महासभाद्वारा पारित प्रस्ताव अनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान पनि गरियो ।यस दिवस मनाउने निर्णय गरेको थियो । 

अक्टोवर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो । सन् २००७ मा राष्ट्रसंघले अहिंसा दिवस मनाउने निर्णय गरेपछि मानव अधिकार तथा शान्ति समाजले विविध कार्यक्रमसहित प्रत्येक वर्ष अक्टोवर २ मा अहिंसा दिवस मनाउँदै आएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस १ अक्टोवरका सन्दर्भमा शान्ति समाज काठमाडौं शाखाले असोज १५ गते निजानन्द आश्रम (टौदह)लाई खाद्य सामग्री सहयोग गरेको छ ।  

त्यसैगरी रुपन्देही शाखाले बुटवल मैना बगरस्थित सिद्धबाबा वृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई भोजन गराएको थियो । यस्तै शान्ति समाजका चितवन, दाङ र तेह्रथुम शाखाले पनि जेष्ठ नागरिक दिवसमा सन्दर्भमा विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।