• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष रञ्जिताद्वारा लिखित निर्देशन ★   आयरल्यान्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित ★   संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन कार्यान्वयनमा जाने ढोका खुलेको छ: प्रधानमन्त्री दाहाल ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको सानदार शतक ★   आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको अर्धशतक ★   विश्वकै लामो फिल्म, जसलाई हेर्न ३ दिन बढी समय लाग्ने ★   धैरे पटक चुनाव हारेर रेकर्डः २३८ पटक चुनाव लडेर हारेका नेताजी फेरि चुनाव लड्दै ★   झापा पुगेर गृहमन्त्रीले भने- पीडकसँग प्रशासन-प्रहरीको हिमचिम अन्त्य हुनैपर्छ ★   देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन: प्रधानमन्त्री दाहाल ★   आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई दियो २२३ रनको विशाल लक्ष्य

आईपीएल प्रिभ्युः लगातार चौंथो जितको खोजीमा गुजरात, रोक्ला त हैदरावादले ?



एजेन्सी । आईपीएल २०२२ को २१ औं खेल अन्तर्गत हार्दिक पाण्ड्याको गुजरात टाइटन्स र केन विलियम्सनको सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ । गुजरातको टोलीले लगातार तीन खेल जितेको छ । भने अर्कोतर्फ पहिलो दुई खेलमा हैदरावाद पराजित भएको थियो । चेन्नई विरुद्धको जितपछि हैदरावाद गुजरातविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रनेछ ।

अर्कोतर्फ, गुजरातको टोली यो खेल जितेर अंक तालिकामा पहिलो स्थानमा पुग्न चाहन्छ । यस प्रतियोगितामा गुजरात एक मात्र टोली हो, जसले अहिलेसम्म कुनै पनि खेल हारेको छैन । यसका बाबजुद पनि यो टोली अंक तालिकाको शीर्ष स्थानमा पुग्न सकेको छैन ।

तीन खेलबाट ६ अंक जोडेको गुजरात अहिले अंक तालिकाको तेस्रो स्थानमा छ । आठौं स्थानमा रहेको हैदरावादको समान खेलबाट दुई अंक छ ।

पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थानसँग ठूलो हार बेहोरेको थियो । यसपछि दोस्रो खेलमा पनि यो टोली लखनउसँग १२ रनले पराजित हुन पुग्यो । तेस्रो खेलमा हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गर्दै यो सिजनको पहिलो जित निकालेको हो । सुरुका दुई खेलमा टोलीको ब्याटिङ र बलिङ दुवै फ्लप भएपनि तेस्रो खेलमा ओपनर अभिषेक शर्माले उत्कृष्ट अर्धशतक प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए ।

गुजरातको टोलीले यो सिजन सबै खेल जितेको छ । पहिलो खेलमा लखनउ विरुद्ध पाँच विकेटले विजयी भएको थियो । दोस्रो खेलमा दिल्लीलाई १४ रनले हरायो । तेस्रो खेलमा राहुल तेवाटियाले अन्तिम दुई बलमा छक्का प्रहार गर्दै पञ्जाबलाई ६ विकेटले जित दिलाएका थिए । गुजरातका लागि शमीले नयाँ बलमा राम्रो प्रदर्शन गरेका छन् र अहिलेसम्म ६ विकेट लिएका छन् । यस्तै, रन बनाउने जिम्मेवारी गिलले एक्लै सम्हालेका छन् । उनले तीन खेलमा १८० रन बनाएका छन् ।

गुजरात सम्भावित – ११
शुभमन गिल, म्याथ्यू वेड (विकेटकीपर) , साई सुदर्शन, हार्दिक पाण्डेय (कप्तान), डेभिड मिलर, राहुल तेवाटिया, अभिनव मनोहर, राशिद खान, लोकी फर्गुसन, मोहम्मद शामी, दर्शन नलकन्दे ।

हैदरावादका सम्भावित – ११
अभिषेक शर्मा, केन विलियम्सन (कप्तान) , राहुल त्रिपाठी, एडेन मार्कराम, निकोलस पूरन (विकेटकीपर), शशांक सिंह, वाशिंगटन सुन्दर, भुवनेश्वर कुमार, मार्को जेन्सेन, टी नटराजन, उमरान मलिकरकार्तिक त्यागी ।