• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य ★   श्रीमानको असार १५ ★   उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार ★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसँग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन ★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ?

एकल महिला र विधुरलाई मासिक भत्ता



काभ्रेपलाञ्चोक । यहाँका दुई स्थानीय तहले एकल महिला तथा विधुर (एकल पुरुष)लाई समाजिक सुरक्षा भत्ता वितरण थालेका छन् । दुवै तहले चैतदेखि लक्षित वर्गलाई रु दुई हजारका दरले मासिक भत्ता दिइने जनाएका छन् ।

पनौती नगरपालिकाले मासिक भत्तास्वरुप एकल महिलालाई दिइसकेको छ । पैंतीस वर्ष नाघेका अविवाहित, सम्बन्ध विच्छेद भएका र पति बेपत्ता भएका महिलालाई मासिक रु दुई हजारका दरले भत्ता प्रदान गर्न थालिएको नगर कार्यालयले जनाएको हो ।

नगरबाट मासिकरुपमा विशेष सामाजिक सुरक्षा भत्ता व्यवस्थापन गरी एकल महिलालाई चैतदेखि भत्ता दिन थालिएको उपप्रमुख गीता बञ्जाराले बताउनुभयो । उहाँका अनुसार विभिन्न कारण एकल महिलाका रुपमा रहेका नगरका १९३ महिलालाई वडास्तरबाटै भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको हो । “दैनिक गुजारा गर्न अप्ठ्यारोमा परेका एकल महिलालाई भत्ता दिन थालेका हौँ”, बञ्जाराले भन्नुभयो ।

पनौतीमा अविवाहित महिला १४९ हुनुहुन्छ भने सम्बन्ध विच्छेद भएका २० र पति बेपत्ता भएका २४ महिला हुनुहुन्छ । वितरित रु दुई हजारले दैनिक गुजारा गर्न सहयोगी बन्ने अपेक्षा गरिएको बञ्जाराले बताउनुभयो । नगर उपप्रमुख बञ्जारा आफैँ अविवाहिता महिला हुनुहुन्छ ।

यस्तै तेमाल गाउँपालिकाले विधुरलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । पालिकाको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेटअनुसार विधुर भत्ता कार्यक्रम कार्यान्वयन गर्न लागिएको गाउँपालिकाको सामाजिक शाखाले जनाएको छ ।

यस कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा ११० पुरुषले मासिक रु दुई हजार सामाजिक सुरक्षा भत्ता पाउने भएका हुन् । “एकल पुरुषलाई पनि सहायता आवश्यक रहेको देखिएपछि यस्तो निर्णय गरेका थियौँ”, पालिका प्रमुख सलामसिंह तामाङले भन्नुभयो । उहाँका अनुसार चैतदेखि भत्ता वितरण गर्ने योजनाअनुसार यही हप्ता भत्ता दिने कार्यक्रम गरिनेछ ।

उक्त गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षाभत्ता वितरणसम्बन्धी बनेको कार्यविधि–२०७८ को दफा ३ बमोजिम भत्ता पाउने भएका हुन् । पत्नी बितेका तथा अविवाहित ६० देखि ७० वर्षसम्मका पुरुषले विधुर एवं एकल पुरुष सामाजिक सुरक्षा भत्ता पाउने कार्यविधिमा उल्लेख गरिएको छ ।

कार्यविधिअनुसार यसअघि सम्पूर्ण वडा कार्यालयमार्फत विधुरमा सूचीकृत पुरुषलाई भत्ता वितरण गर्न लागिएको हो । सङ्घीय सरकारले दलित बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ६५ वर्ष नाघेका एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।