१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

आईपीएलः राजस्थानसँग लखनउ तीन रनले पराजित

आईपीएलः राजस्थानसँग लखनउ तीन रनले पराजित
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को २० औं खेल अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई तीन रनले पराजित गरेको छ । मुम्बईको वानखेडे स्टेडियममा भएको रोमाञ्चक खेलमा राजस्थानले १ सय ६५ रनको सफल रक्षा गर्दै सिजनको तेस्रो जित दर्ता गरेको हो । राजस्थानले दिएको १६५ रनको लक्ष्य पछ्याएको लखनउको टोलीले आठ विकेट गुमाएर १६२ रन बनायो ।

राजस्थानका लागि डेब्यु गरेका कुलदीप सेनले अन्तिम ओभरमा १५ रन बचाए । सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानको टोली पनि जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

राजस्थान रोयल्सको १६६ रनको लक्ष्य पछ्याएको लखनउको सुरुवात निकै खराब रह्यो । इनिङ्सको पहिलो बलमा कप्तान केएल राहुल खाता नखोल्दै ट्रेन्ट बोल्टबाट बोल्ड आउट हुन पुगे । एक बलपछि कृष्णप्पा गौतम पनि बोल्टको बलमा एलबीडब्लु बनेर पभिलियन फर्किए ।

सुरुवाती दुई विकेट गुमाएपछि जेसन होल्डरलाई ब्याटिङमा पठाइयो तर उनले पनि खासै केही गर्न सकेनन् र १४ बलमा आठ रन बनाएर आउट भए । एक समयमा लखनउको १४ रनमा तीन विकेट खसेको थियो । तर त्यसपछि क्विन्टन डी कक र दीपक हुडाले साझेदारी गर्दै स्कोरलाई ५० भन्दा माथि पुर्याए ।

यस खेलमा आयुष बडोनीले पनि राम्रो प्रदर्शन गर्न सकेनन् र पाँच रन बनाएर आउट भए । क्विन्टन डी ककले इनिङ्सलाई सम्हाल्ने प्रयास गरे तर उनी पनि ३२ बलमा ३९ रन बनाएर आउट भए । क्रुणाल पाण्ड्याले २२ रन जोड्दै छिट्टै पभिलियन फर्किए । दुवै खेलाडीलाई एउटै ओभरमा युजभेन्द्र चहलले आउट गरे । एक बिन्दुमा, लखनउलाई अन्तिम १८ बलमा ४९ रन चाहिएको थियो तर मार्कस स्टोइनिसले बलियो ब्याटिङ गर्दै टोलीको स्कोर लक्ष्यको नजिक पुर्याए । तर अन्तिम ओभरमा १५ रन बनाउन सकेन र लखनउले १२ रन मात्र जोड्न सक्यो । लखनउका लागि क्विन्टन डी ककले सर्वाधिक ३९ र मार्कस स्टोइनिस ३८ रनमा अविजित रहे । राजस्थानका लागि युजभेन्द्र चहलले ४ र ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यसअघि लखनउले टस जितेर राजस्थानलाई ब्याटिङको निम्तो दिएको थियो । राजस्थानका लागि जोस बटलर र देवदत्त पडिक्कलले राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि ४२ रन जोडे । तर, यसपछि टोलीले २५ रन बनाउनमै चार विकेट गुमाएको थियो । रविचन्द्रन आश्विन र शिमरोन हेटमायरले मिलेर पाँचौं विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए ।

यस क्रममा अश्विनले २३ बलमा २८ रन बनाएर आउट भए । अर्को तर्फ हेटमायरले ३६ बलमा ५९ रन बनाएर अविजित रहे । हेटमायरको तूफानी इनिङ्सको मद्दतमा राजस्थानले अन्तिम ५ ओभरमा ७३ रन बनाएर लखनउलाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो ।

आजको खेलः सनराइजर्स हैदरावादविरुद्ध गुजरात टाइटन्स – ७ः४५ बजे