• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   आजको आईपीएल: घरेलु मैदानमा कोलकातामाथि जितको खोजिमा बेंगलुरु ★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला

आईपीएलः राजस्थानसँग लखनउ तीन रनले पराजित



एजेन्सी । आईपीएल २०२२ को २० औं खेल अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई तीन रनले पराजित गरेको छ । मुम्बईको वानखेडे स्टेडियममा भएको रोमाञ्चक खेलमा राजस्थानले १ सय ६५ रनको सफल रक्षा गर्दै सिजनको तेस्रो जित दर्ता गरेको हो । राजस्थानले दिएको १६५ रनको लक्ष्य पछ्याएको लखनउको टोलीले आठ विकेट गुमाएर १६२ रन बनायो ।

राजस्थानका लागि डेब्यु गरेका कुलदीप सेनले अन्तिम ओभरमा १५ रन बचाए । सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानको टोली पनि जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

राजस्थान रोयल्सको १६६ रनको लक्ष्य पछ्याएको लखनउको सुरुवात निकै खराब रह्यो । इनिङ्सको पहिलो बलमा कप्तान केएल राहुल खाता नखोल्दै ट्रेन्ट बोल्टबाट बोल्ड आउट हुन पुगे । एक बलपछि कृष्णप्पा गौतम पनि बोल्टको बलमा एलबीडब्लु बनेर पभिलियन फर्किए ।

सुरुवाती दुई विकेट गुमाएपछि जेसन होल्डरलाई ब्याटिङमा पठाइयो तर उनले पनि खासै केही गर्न सकेनन् र १४ बलमा आठ रन बनाएर आउट भए । एक समयमा लखनउको १४ रनमा तीन विकेट खसेको थियो । तर त्यसपछि क्विन्टन डी कक र दीपक हुडाले साझेदारी गर्दै स्कोरलाई ५० भन्दा माथि पुर्याए ।

यस खेलमा आयुष बडोनीले पनि राम्रो प्रदर्शन गर्न सकेनन् र पाँच रन बनाएर आउट भए । क्विन्टन डी ककले इनिङ्सलाई सम्हाल्ने प्रयास गरे तर उनी पनि ३२ बलमा ३९ रन बनाएर आउट भए । क्रुणाल पाण्ड्याले २२ रन जोड्दै छिट्टै पभिलियन फर्किए । दुवै खेलाडीलाई एउटै ओभरमा युजभेन्द्र चहलले आउट गरे । एक बिन्दुमा, लखनउलाई अन्तिम १८ बलमा ४९ रन चाहिएको थियो तर मार्कस स्टोइनिसले बलियो ब्याटिङ गर्दै टोलीको स्कोर लक्ष्यको नजिक पुर्याए । तर अन्तिम ओभरमा १५ रन बनाउन सकेन र लखनउले १२ रन मात्र जोड्न सक्यो । लखनउका लागि क्विन्टन डी ककले सर्वाधिक ३९ र मार्कस स्टोइनिस ३८ रनमा अविजित रहे । राजस्थानका लागि युजभेन्द्र चहलले ४ र ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यसअघि लखनउले टस जितेर राजस्थानलाई ब्याटिङको निम्तो दिएको थियो । राजस्थानका लागि जोस बटलर र देवदत्त पडिक्कलले राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि ४२ रन जोडे । तर, यसपछि टोलीले २५ रन बनाउनमै चार विकेट गुमाएको थियो । रविचन्द्रन आश्विन र शिमरोन हेटमायरले मिलेर पाँचौं विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए ।

यस क्रममा अश्विनले २३ बलमा २८ रन बनाएर आउट भए । अर्को तर्फ हेटमायरले ३६ बलमा ५९ रन बनाएर अविजित रहे । हेटमायरको तूफानी इनिङ्सको मद्दतमा राजस्थानले अन्तिम ५ ओभरमा ७३ रन बनाएर लखनउलाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो ।

आजको खेलः सनराइजर्स हैदरावादविरुद्ध गुजरात टाइटन्स – ७ः४५ बजे