१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिन ६ वटा मापदण्ड पूरा गर्नुपर्ने



अ+ अ-

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुनका लागि मापदण्ड तोकेको छ । 

ललितपुरको गादावरीमा जारी पार्टीको प्रथम विधान महाधिवेशनले केन्द्रीय कमिटी सदस्यका लागि ६ बुँदामा मापदण्ड बनाएको हो । 

नवौं महाधिवेशनले पारित गरेको विधानलाई परिमार्जन गर्दै प्रथम विधान महाधिवेशनले केन्द्रीय समिति उम्मेदवार बन्नका लागि मापदण्ड बनाएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रस्तावित विधानको धारा ५४ मा गरिएको व्यवस्था अनुसार केन्द्रीय कमिटी सदस्यको उम्मेदवार हुन केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भइ काम गरेको हुनुपर्नेछ । त्यस्तै, राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य भइ काम गरिसकेको वा प्रदेश कमिटीको सदस्य भइ काम गरेको वा केन्द्रीय विभागको सचिव अथवा सदस्य भइ काम गरेको हुनुपर्नेछ ।

यसैगरी जिल्ला कमिटीको पदाधिकारी भइ एक कार्यकाल वा सदस्य भई दुई कार्यकाल काम गरेको अथवा कम्तीमा १० वर्ष पार्टी सदस्य भइ काम गरेको व्यक्तिले पनि केन्द्रीय कमिटी सदस्यको उम्मेदवार बन्न पाउने भएका छन् । 

यद्यपि, दलित, महिला सीमान्तकृत जनजाति, अपांगता भएका व्यक्तिका हकमा भने एक कार्यकाल जिल्ला कमिटी सदस्य र ७ वर्ष पार्टी सदस्य भए केन्द्रीय समिति सदस्यको उम्मेदवार बन्न सक्ने उपमहासचिव पौडेलले जानकारी दिनुभयो । तीन दिनदेखि जारी एमालेको विधान महाधिवेशन आजै समापन गरिँदैछ । 

यो पनिः  एमालेको विधान महाधिवेशन आजै समापन हुने