• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा

ला लिगाः बार्सिलोना विजयी



एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–२ गोलले पराजित गरेको हो । लेभान्टेको दुबै गोल पेनाल्टीमा सम्भव भएको थियो । खेलका् ५२ औं मिनेटमा जोसे मोरालेसले तथा ८३ औं मिनेटमा गोन्जालेज मेलेरोले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

यता, बार्सिलोनाका लागि ५९ औं मिनेटमा पिएरे एम्रिक अउबामेयाङ, ६३ औं मिनेटमा पेड्रीले तथा ९०+२ मिनेटमा लुक डी योङले गोल गरे ।

जितसँगै बार्सिलोना ३० खेलबाट ६० अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । लेभान्टे ३१ खेलबाट २२ अंकसहित १९ औं स्थानमा रहेको छ ।