२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकैदिन ३० हजारभन्दा सङक्रमित



अ+ अ-

बेलायत । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँ सङ्क्रमणको अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ एकै दिनमा ३० हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा अर्थात् शनिबार मात्र यहाँ ३० हजार ३०१ जना सङ्क्रमित थपिएका सो समाचारमा जनाइएको छ । 

प्राप्त समाचारअनुसार अघिल्लो दिन पनि ३० हजार जनाभन्दा बढी नै सङ्क्रमित भेटिएको पाइएको थियो । शनिबार भेटिएका समेत गरी बेलायतमा यहाँ अहिलेसम्म ७८ लाख ७१ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।  लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् 

त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १२१ जनाको यो सङ्क्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो सङ्क्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार ९१० जना पुगेको पनि बताइएको छ ।अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता सङ्क्रमितहरु थपिने र मृत्युको संख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरुले यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी सङ्क्रमितहरु थपिने गरेका जानकारी दिएका छन् । (रासस-सिन्ह्वा)