२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्छ – मन्त्री बडू



अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताउनुभएको छ । मन्त्री निवास पुल्चोकमा पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न सङ्घसङ्गठनका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री बडूले सो कुरा बताउनुभयो ।

विश्वभर पेट्रोलियम पदार्थको क्षेत्रमा देखिएको सङ्कटको असर नेपालमा समेत परेको भन्दै मन्त्री बडूले वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताउनुभयो । पट्रोलियम तथा ढुवानी व्यवसायीको मागका सम्बन्धमा सरकार सकारात्मक भएको भन्दै उहाँले पछिल्लो समय पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधान हुनेमा उपभोक्तालाई आश्वस्त पार्नुपर्ने बताउनुभयो ।

नेपाल एलपी ग्यास उद्योग सङ्घ, नेपाल पेट्रोलियम ढुवानी महासङ्घ र पेट्रोलियम पदार्थ डिलर्स एसोसिएशनका प्रतिनिधिहरूले पछिल्लो समय देखिएका समस्या र समस्या समाधानका लागि मन्त्रीलाई संयुक्त रूपमा ध्यानाकर्षण गराएका थिए ।

पछिल्लो समय इन्डियल आयल कर्पोरेशन (आइएसपी) बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउँदै आएको छ । निगमले उपभोक्ता मूल्य बढाएर व्यवसायीलाई दिइने कमिशन नबढाएको भन्दै व्यवसायीहरू आन्दोलित भएका थिए ।