२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान

राजविराज–रुपनी सडकमा खाल्डाखुल्डीः चालकलाई सास्ती, यात्रुलाई त्रास

राजविराज–रुपनी सडकमा खाल्डाखुल्डीः चालकलाई सास्ती, यात्रुलाई त्रास
अ अ+ अ-

राजविराज । राजविराजबाट रुपनीतर्फ आउँदै गरेको हाइसका चालक हरि मण्डललाई सडकका खाल्डाखुल्डी छल्न हम्मेहम्मे परेको छ । उनी घरीदायाँ काट्छन्, घरी बायाँ । त्यति गर्दागर्दै पनि हाइसको डम्फर ठाउँ ठाउँमा ठोकिन्छ । त्यसको आवाजसँगै यात्रुहरु तर्सिन्छन् ।

यो दृष्य कुनै कच्ची वा ग्राभेल सडकको भने होइन । राजविराजबाट रुपनीका लागि यातायातका साधनहरु गुड्ने राजविराज– रुपनी सडक खण्डको हो । लामो समयदेखि मर्मत नहुँदा चालकहरुलाई त सास्ती छ, नै यात्रुहरु पनि त्रसित छन् । “के गर्नु सडकभरी खाल्डाखुल्डी छन्, कसरी चलाउनु रु”, चालक मण्डलले भन्नुभयो, “यात्रुहरु छिटो जाउँ भन्छन्, सडकको अवस्था यस्तो छ ।” पटक पटक ब्रेक लगाउनु पर्दा गाडी तात्ने गरेको समेत उहाँको भनाइ छ । 

उहाँले दैनिक सयौंको सङ्ख्या सवारी तथा मालवाहक साधन गुड्ने यो सडकको मर्मतका लागि कुनै कसैले पनि चासो दिएको छैन् भन्नुभयो । उहाँले भन्नुभयो, “राजविराज आउन जानका लागि सङ्घीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले यसै सडकको प्रयोग गर्छन् तर उनीहरुको आँखा सडकमा लाग्दो रहेनछ ।” 

रुपनी रोडको पराडाइजहोटेल नजिकै खाल्डो परेको सडकका कारण दैनिक मानिसलाई आवतजावतमा कठिनाई भइरहेको पाइएको छ । जीर्ण अवस्थामा रहेको यो सडकमा दैनिक चल्ने सयौं सवारीसाधनको पार्टपूर्जासमेत हल्लिने गरेको गाडी चालकको गुनासो छ । यस्तै राजविराज रुपनी सडकखण्डको आँखा अस्पताल नजिकमा पनि २÷३ फिट गहिरो खाडल छन् । जसमा दिनँहु गाडी फस्ने, जाम हुने र बिग्रिने समस्या चालकहरुले भोग्दै आएका छन् । यो सडक खण्डमा दैनिकरुपमा जेसिबी, ट्रिपर, ट्रक , बस, ट्र्याक्टर, कार दर्जनौं मात्रामा चल्ने गरेका छन्  । साथै दैनिक सयौं पटक टिपर आउजाउ गर्ने गरेका कारणले सडकमा अहिले ठूलठूला खाल्डो परेर सडक  बिग्रिएको अवस्थामा रहेको छ । 

“यो सडकमा गाडी हाक्नुभन्दा कच्ची सडकमा सजिलो हुन्छ । कम्तीमा कच्चीमा एक सुरले जान त पाइन्छ”, चालकहरु भन्छन्, “सडक मर्मतको जिम्मेवारी पाएका कार्यालयका ‘हाकिम साब’हरुका गाडी पनि यसै वाटोबाट गुड्ने गरेका छन् तर कसैले पनि यसप्रति चासो राखेको पाइँदैन ।” सडक मर्मत नहुनुमा सङ्घीय र स्थानीय सरकारको लापरवाही भएको उनीहरुको आरोप छ । चालकले खाल्डा छल्दा गाडी सडकको डिलमा पुग्ने गरेको यात्रुको भनाइ छ । “मोडमा खाल्डा छन्, चालकले खाल्डा बचाउने भन्दै डिलमा पु¥याउँछ”, राजविराजका राजेश यादवले भन्नुभयो, “त्यतिवेला अब हामी मरेर बाँचेको अनुभूति गर्छौ ।” यो सडकको यात्रा हाम्रा लागि जीवन मरण जस्तै भएको उहाँको भनाइ छ । 

उहाँले वर्षेनी सडक मर्मतको नाममा टालटुल गर्ने तर गुणस्तरीय काम नहुने भएकाले यो समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेता, कर्मचारी, ठेकेदार सबै मिलेका छन्, काम गरे जस्तो मात्रै गर्छन्, बजेट सिध्याउँछन् ।” सप्तरीको राजविराज–रुपनी सडक खण्डको दुर्दशाले सवारीसाधन सञ्चालन गर्न सकस भएको छ । सडक डिभिजन कार्यालय लहानले सडक निर्माण कार्यलाई अधुरै छोडेपछि सवारी सञ्चालनमा कठिनाइ हुने गरेको चालकको गुनासो छ । 

“तीव्र गतिमा गाडी आइरहेको हुन्छ, खाल्डा आउँदा घच्याक्क ब्रेक लाउँछन्, हामी यात्रुहरु छल्लिन्छौं । यो पीडा हामीले कसलाई सुनाउने रु” यात्रु शिवकुमार यादवको भनाइ छ । सडकको दुवैपाखामा खाल्डो खनेर अलपत्र छाडिएकाले मूलसडकमा क्षति भएको स्थानीयवासीको भनाइ छ । सडक विभाग र निर्माण कम्पनीले निर्माण कार्य अधुरो छोडिदा मूलसडकको कालोपत्रमा पनि भारी बोकेर आएका साधन भासिएर बाटो अवरुद्ध हुने गरेको पाइएको छ । “सडक निर्माण कार्यलाई अधुरो छोडिदा दुर्घटनाको जोखिम उत्तिकै रहेको छ”,  यादवले भन्नुभयो, “बर्सेनि सडक पेटी खन्ने र ग्राभेल हाल्ने कार्य हुन्छ तर कुन निकायले काम गरेको हो त्यसको पनि अत्तोपत्तो छैन ।” (रासस, अरुणकुमार यादव)