३ पुष २०८२, बिहीबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुमलटार ‘ए’ डिभिजन लिगमा बढुवा



अ+ अ-

काठमाडौं । खुमलटार युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ । आइतबार ‘बी’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा सामाजिक युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै खुमलटार शीर्ष डिभिजनमा उक्लिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै खुमलटारलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५७ औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई १–१ गोलको बराबरीमा ल्याए ।

यता, खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटार २–१ गोलले विजयी बन्यो । जितसँगै खुमलटार ‘बी’ लिगको दोस्रो स्थानमा रहदै ए डिभिजनमा उक्लिएको हो ।

२०६१ सालमा स्थापना भएको खुमलटारले पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको हो । खुमलटारले १३ खेलमा २२ अंक जोड्यो । समान २२ अंक रहेको रानीपोखरी कर्नर टिम (आरसिटी)भन्दा खुमलटार हेड टु हेडमा अघि रह्यो ।

बी डिभिजन लिग च्याम्पियन भने चर्च ब्वाइज युनाईटेड बन्यो । खुमलटारसँग पराजित सामाजिक भने रेलिगेसनमा परेको छ । यसअघि झम्सिखेल युथ क्लब रेलिगेसनमा परिसकेको छ ।