५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्यात मुलुक उद्योग स्थापना गर्नुपर्छ : मुख्यमन्त्री राई



अ+ अ-

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्ने बताउनुभएको छ ।

मोरङ व्यापार सङ्घले सञ्चालनमा गरेको ‘विराट ट्रेड एक्स्पो’को आज समापन गर्दै उहाँले उद्योग स्थापनाका लागि सहज ढङ्गले नीतिनियम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले मुलुकको समृद्धि कायम एवं रोजगार वृद्धिमा उद्यमीहरू लाग्नुपर्नेमा जोड दिँदै एक्स्पोले राष्ट्रिय पूँजी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले सङ्घीय सरकारले विराटनगरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणका लागि बजेट निकासा गर्न प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले उद्योगी व्यापारीको चाहनाअनुसार यस क्षेत्रका लागि आवश्यक पर्ने प्रदर्शनीस्थलका निर्माणका लागि सबै पक्षबीच आवश्यक छलफल सुरु गर्ने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले तीन तहको सरकारको सहयोगमा विराटनगरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमूर्त अर्याल र एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले एक्स्पोले यस क्षेत्रमा आर्थिक चलायमानमा सहयोग पुर्‍याएको बताउनुभयो ।

सङ्घका अध्यक्ष नवीन रिजाल, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, नेपाल उद्योग परिसङ्घका भीम घिमिरे, सङ्घका पूर्वअध्यक्ष ताराचन्द खेतान र नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरेले विराटनगरलाई पुनः दोस्रो ठूलो बनाउन सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

एक्स्पोमा ३०० बिक्री कक्ष राखिएका थिए । स्वदेशी, भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका कृषि, घरेलु उत्पादन, खाद्य, लत्ताकपडा, साना र ठूलो उद्योगका उत्पादित वस्तुहरू बिक्री वितरणका लागि राखिएको थियो । एक्स्पोमा प्रदेश नं १, मधेस प्रदेश र छिमेकी भारतीय सहरका तीन लाख ५० हजार दर्शकहरूले अवलोकन गर्नाका साथै रु ४५ करोडको कारोबार भएको एक्स्पो संयोजक विकास वेगवानीले जानकारी दिनुभयो ।

सो अवसरमा उद्घोष दैनिक, सृष्टि दैनिक र आर्थिक अभियानका सञ्चारकर्मी, उत्कृष्ट स्टल, एवं एक्स्पो निर्माण एवं सञ्चालनमा सहयोग पुर्‍याउनेलाई सम्मान गरियो ।