२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान

अनअराइभल भिसाले पर्यटक बढे

अनअराइभल भिसाले पर्यटक बढे
अ अ+ अ-

काठमाडौँ । नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । कोभिड–१९ महामारीको जोखिमकैबीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको हो ।

विशेषगरी सरकारले विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ को व्यवस्था गरेपछि पर्यटक आगमनमा सकारात्मक प्रभाव परेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको सेप्टेम्बर महिनामा विदेशी पर्यटक आगमन झन्डै दोब्बरले बढेको छ । सेप्टेम्बर महिनामा झन्डै १० हजार पर्यटक आएका छन् भने अघिल्लो अगष्ट महिना पाँच हजार हाराहारी पर्यटक आएका थिए । बोर्डको विवरणमा सेप्टेम्बर महिनामा नौ हजार ९७४ विदेशी पर्यटक नेपाल आएका छन् । उक्त महिना नेपालबाट ६ हजार ९४२ विदेशी बाहिरिएका छन् । यो सङ्ख्या हवाई मार्ग भएर नेपाल भित्रिएका पर्यटकको मात्रै हो । अघिल्लो महिना पाँच हजार ९१९ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

सरकारले विदेशी पर्यटकका लागि गरेको नयाँ व्यवस्थाले यस क्षेत्रमा प्रभाव परेको र विदेशी पर्यटक आगमनमा झिनो रुपमा भए पनि सुधार आएको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेशी पर्यटकका लागि अनअराइभल भिसाको व्यवस्थाले यसको आकर्षण सकारात्मक छ, पर्यटकको आगमन बढेको देखिन्छ, यसरी हेर्दा आगामी याममा  विदेशी पर्यटक बढ्ने देखिन्छ ।” 

सन् २०२१ को नौ महिनामा ७६ हजार ९१३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्मको हो । कोभिड महामारीले विदेशी पर्यटक आगमनमा ह्रास आयो । सन् २०२० को सेप्टेम्बरमा जम्मा ५४८ पर्यटक नेपाल आएका थिए । कोभिडपूर्व सन् २०१९ को सेप्टेम्बर महिनामा मात्रै ९२ हजार ६०४ पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

कोभिड महामारीको सबैभन्दा धेरै असर मुलुकको पर्यटन क्षेत्रमा परेको छ । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोत विदेशी पर्यटकको सङ्ख्या बढ्न नसकिरहेको अवस्थामा पछिल्लो सरकारी व्यवस्थाले पर्यटक आगमनमा सकारात्मक सुधार आएको बोर्डको बुझाइ छ । महामारीकैबीच झिनो सङ्ख्यामा भए पनि विदेशी पर्यटक नेपाल आएका थिए । 

अघिल्लो महिनाको तुलनामा विदेशी पर्यटकको सङ्ख्या दोब्बर बढ्नुले नेपालको पर्यटनमा सुखद भएको विश्लेषण गरिएको छ । यही ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपाल आउने विदेशी पर्यटकका लागि अनअराइभल भिसाको व्यवस्था गर्नाका साथै खोपको मात्रा पूरा गर्ने पर्यटकलाई होटल क्वारेन्टिनको व्यवस्था हटाएको थियो ।

बोर्डका निर्देशक लामिछानेले अनअराइभल भिसाको प्रभावले अघिल्ला महिनाको तुलनामा पर्यटक बढेको बताउनुभयो । यो व्यवस्थालाई सरकारका निकायबीच प्रभावकारी समन्वय गरेको खण्डमा आगामी याम पर्यटनका लागि सुखद हुने उहाँको भनाइ छ । नेपालले यो सन्देशलाई अन्तर्राष्ट्रिय स्रोत बजारमा व्यापक रुपमा फैलाएको खण्डमा पर्यटक आगमन बढ्ने व्यवसायीको भनाइ छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागार्इं पनि विदेशी पर्यटकको आगमन सहज तुल्याउनका लागि सरकारले गरेको पछिल्लो व्यवस्थाले सकारात्मक प्रभाव परेको बताउनुहुन्छ ।

अन्तर सरकारी निकायबीचको समन्वयलाई प्रभावकारी बनाएर गन्तव्य प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारीकरणमा जुटेको खण्डमा नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने उहाँको भनाई छ । “खोप लगाएर आएका पर्यटकको सहज आगमनका लागि गरिएको व्यवस्था स्वागतयोग्य छ, पर्यटकका लागि हिजो भइरहेको क्वारेन्टिनको व्यवस्थालाई निरन्तरता दिइनुप¥यो यसले नेपालको सकारात्मक सन्देश जान्छ,” उहाँले भन्नुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटक आगमन पर्यटकका लागि सरकारले गरेको नयाँ व्यवस्थाले विश्व बजारमा सकारात्मक सन्देश गएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । 

बोर्डका अनुसार सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । (रासस)