२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले विधान महाधिवेशन: ओलीलाई फेरि अध्यक्ष बन्न बाटो खुल्यो



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरी अध्यक्ष बन्ने बाटो खुलेको छ ।

एमालेको जारी विधान महाधिवेशनबाट ७० वर्षमा कोही उम्मेदवार भएर जितेमा पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था गरेसँगै ओलीलाई फेरि अध्यक्षमा दोहोरिने अवसर मिलेको छ । 

वि.स. २००८ साल फागुन ११ गते जन्मिएका ओली ७० वर्ष पुग्न झण्डै पाँच महिना बाँकी छ । 

नेतृत्व चयन गर्ने १० औं महाधिवेशन आगामी मंसिरमा हुँदैछ । जसअनुसार महाधिवेशनबाट ओली पुनः अध्यक्षमा दोहोरिन पाउनेछन् । 

एमालेले कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएर कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल काम गर्न पाउने गरी विधान पारित गरेको छ।

सो नयाँ परिभाषा अनुसार विधानमा गरिएको ७० वर्ष उमेर हदको कारण अब ओली अध्यक्षको उम्मेदवार हुन र निर्वाचित भए पाँच वर्षे कार्यकाल पूरा गर्न उनलाई रोकतोक नहुने देखिन्छ ।