१ आश्विन २०८३, बिहीबार
,
Latest
बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्नपूर्ण पदमार्गमा पर्यटक बढे, व्यवसायी उत्साहित



फाईल फोटो
अ+ अ-

मनाङ । पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङहुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन् । दुई वर्षसम्म कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको छ । अन्नपूर्ण पदमार्गमा विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढीजसो आउने गरेका छन् ।

अन्नपूर्ण पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन पनि बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले बताउनुभयो । “पदमार्गमा असोजदेखि चहलपहल बढेको छ”, उहाँले भन्नुभयो । मङ्सिर र पुसमा हिमपातका कारण सुस्ताएको भए पनि अहिले चहलपहल बढ्न थालेको छ । पदयात्राका लागि उपयुक्त याम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म हो । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

बेँशीसहरबाट खुदी, भुलभुले, ङादी, स्यागे, जगतहुँदै मनाङको बगरछाप, चामे हुँदै थोराङपास भएर मुक्तिनाथ, जोमसोम, बेनी, घोरेपानीबाट पोखरा पुगिन्छ ।