२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जो छोडेर गए बिग्रेका ती हुन्, जो यहाँ छन् ती सप्रेका भनेर प्रमाण चाहिन्छ र ?’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर जानेलाई बिग्रेका मान्छेको संज्ञा दिनुभएको छ । 

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रतिनिधिले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिनुभएको हो । 

‘अब हामी धेरै अल्मलिनु हुँदैन । कहिले–कहिले सिद्धान्त र व्यवहारमा हामी अल्मलिन्छौं । बिरोधीले थप्पड हानिसक्छ गालामा, अनि हामी शास्त्र पल्टाउन थाल्छौं । शास्त्रले के भन्छ यो गालामा हान्ने विरोधी होकि होइन । यतिसारो शास्त्रवादी हुन जरुरी छैन ।’ उहाँले भन्नुभयो ‘जो तपाईसँग लडिरहेछ त्यो विरोधी हो । जो तपाईसँग काम गरिरहेछ त्यो मित्र हो । हाम्रो पार्टीका बिग्रेका मान्छे को हुन् ? जो छोडेर गए । जो यहाँ छन् सप्रेका हुन् भन्ने प्रमाण यो भन्दा बढी केही चाहिन्छ र ?’