१८ आश्विन २०८१, शुक्रबार
,
Latest
आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ बाढीपहिरो र डुबान : सडक पुल पुनःनिर्माणका गर्न २५ अर्ब लाग्ने अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जो छोडेर गए बिग्रेका ती हुन्, जो यहाँ छन् ती सप्रेका भनेर प्रमाण चाहिन्छ र ?’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर जानेलाई बिग्रेका मान्छेको संज्ञा दिनुभएको छ । 

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रतिनिधिले उठाएको प्रश्नको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिनुभएको हो । 

‘अब हामी धेरै अल्मलिनु हुँदैन । कहिले–कहिले सिद्धान्त र व्यवहारमा हामी अल्मलिन्छौं । बिरोधीले थप्पड हानिसक्छ गालामा, अनि हामी शास्त्र पल्टाउन थाल्छौं । शास्त्रले के भन्छ यो गालामा हान्ने विरोधी होकि होइन । यतिसारो शास्त्रवादी हुन जरुरी छैन ।’ उहाँले भन्नुभयो ‘जो तपाईसँग लडिरहेछ त्यो विरोधी हो । जो तपाईसँग काम गरिरहेछ त्यो मित्र हो । हाम्रो पार्टीका बिग्रेका मान्छे को हुन् ? जो छोडेर गए । जो यहाँ छन् सप्रेका हुन् भन्ने प्रमाण यो भन्दा बढी केही चाहिन्छ र ?’