१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक कार्यका लागि गोदावरीदेखि जनकपुरसम्म दौड्न लागे कार्की



अ+ अ-

काठमाडौं । धावक रामसुन्दर कार्की ललितपुरको गोदावरीदेखि जनकपुरसम्म दौड्ने भएका छन् । विगतमा पनि विभिन्न सामाजिक कार्यमा आर्थिक सहयोग जुटाउन दौड्दै आएका कार्की यसपटक धार्मिक कार्यका लागि दौड्न लागेका हुन् ।

कार्कीले मंसिर २० गतेदेखि दौड यात्रा प्रारम्भ गर्ने जनाएका छन् । ३ दिनमा २ सय २५ किलोमिटर दूरी पूरा गर्ने कार्कीले बताए ।

गोदावरी नगरपालिका १, गोदामचौरको कार्कीटारस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरमा गदा स्थापनाका लागि आर्थिक सहयोग जुटाउन कार्की दौड्न लागेका हुन् । उनले त्यहाँ २७ फिट अग्लो गदा निर्माण गर्न लागेका छन् । सो कार्यको शिलान्यास पनि भइसकेको छ । कार्कीले विगतमा विद्यालय तथा बाढी पीडितको सहयोगार्थ दौडेर आर्थिक सहायता उपलब्ध गराएको बताए ।

नेपालको सबै जिल्ला दौडेर पुगिसकेका कार्कीले काठमाडौं÷दोलखा, काठमाडौं÷सिन्धुली, काठमाडौं÷पोखरा, काठमाडौं÷लुम्बिनी दौडिसकेका छन् । उनले विभिन्न घरेलु दौड प्रतियोगितामा पनि सहभागिता जनाएका छन् ।