काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्वबाट विदा हुने बताएका छन् ।
ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रतिनिधिले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले भन्नुभयो, ‘ ‘बहुमतमा पुर्याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्याएर छोड्ने हो ।’
यस्तै ओलीले पार्टीका अगुवा र प्रिय साथीका रुपमा आफूमाथि देखाएको विश्वासलाई एक इन्च पनि तलमाथि हुन नदिने स्पष्ट पार्नुभयो ।
यो पनिः 'जो छोडेर गए बिग्रेका ती हुन्, जो यहाँ छन् ती सप्रेका भनेर प्रमाण चाहिन्छ र ?'