३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली



अ+ अ-

भादगाउँ । आजदेखि सुरु हुने ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउन आह्वान गर्दै आज सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको एउटा सद्भाव र्‍याली दत्तात्रयबाट सुरु भएर गोल्मढी, सुकुलढोका हुँदै टौमढी पुगेको थियो भने दूधपाटीबाट सुरु भएको अर्को र्‍याली भार्वाचो, टेखापुखु, नासमना, बुलुँचाहुँदै टौमढी पुगेर सभामा परिणत भएको थियो ।

र्‍यालीमा नगरपालिकाका प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, कलेज, टिम क्लब खेलकुद समिति, सुरक्षाकर्मी, प्रहरी, रेडक्रस, स्काउट, सांस्कृतिक समूह र स्थानीय जनताको सहभागिता रहेको थियो । र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले प्रसिद्ध बिस्का जात्रा सहजरुपमा सम्पन्न गर्न सरोकारवाला निकायले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । “विश्वमै बिस्का जात्राको विशेष महत्व भएकाले हेर्न आउने सबैलाई सभ्य, भव्य र सुरक्षितरुपले जात्रा सम्पन्न गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।

नगर प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रालाई सफलरुपमा सम्पन्न गर्न सबैको संयुक्त प्रयास जरुरी रहेको बताउँदै जात्रा अवधिभर उच्छृङ्खल गतिविधि हुन नदिन सबैजना सचेत हुनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको गौरव बढाउने बिस्का जात्रामा आवश्यक शान्तिसुरक्षाको व्यवस्था मिलाइने प्रतिबद्धता जनाउँँदै जात्रालाई विगतको भन्दा अझ व्यवस्थित र अनुशासितरुपमा सम्पन्न गर्न सबैको सहयोग रहने अपेक्षा गर्नुभयो ।