२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय महिला आयोगले आज आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भण्डारीसमक्ष सो प्रतिवेदन पेश गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले लामो समयको सङ्घर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली महिला आन्दोलनको ठूलो उपलब्धिका रूपमा रहेको उल्लेख गर्दै सबै किसिमका लैङ्गिक विभेद अन्त्य गरी समानतामा आधारित समाज निर्माण गर्नेगरी आयोगले काम गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले आयोगलाई आगामी दिनमा अन्य संवैधानिक निकायसँग आवश्यक समन्वय र सहकार्य गरी महिला हक अधिकारको संरक्षण र संवद्र्धन तथा महिला हिंसा नियन्त्रणको क्षेत्रमा थप क्रियाशील भई कार्य गर्न समेत निर्देशन दिनुभयो ।

 राष्ट्रिय महिला आयोगका अध्यक्ष पराजुलीले आयोगबाट आव २०७७/७८ मा सम्पादित काम कारबाहीलाई समेटी तयार गरिएको चौधौँ वार्षिक प्रतिवेदनमा समेटिएका मुख्य–मुख्य विषयहरू बारेमा संक्षेपमा प्रकाश पार्नुभएको थियो । 

प्रतिवेदन पेश गर्ने कार्यक्रममा आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडा, विद्याकुमारी सिन्हा, जया घिमिरे र सावित्रा कुमारी शर्मासहित आयोगका सचिव, उपसचिवलगायत कर्मचारीको उपस्थिति रहेको थियो ।