२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान

वर्तमान सरकार बेहाल अवस्थामा छः अध्यक्ष ओली (भिडियोसहित)

वर्तमान सरकार बेहाल अवस्थामा छः अध्यक्ष ओली (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बेहाल अवस्थामा रहेको टिप्पणी गर्नु भएको छ । 

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले वर्तमान सरकार खाने धन्दामा मात्रै लागि परेको आरोप लगाउनु भयो । तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजित पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले देशको नागरिकको अधिकारका लागि सरकारले दक्षिणतिर फर्केर बोल्न समेत नसकेकोमा आपत्ति समेत जनाउनु भयो । 

अध्यक्ष ओलीले १५ महिनापछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने र त्यसले मात्रै देश र जनताको हितमा काम गर्ने दावी समेत गर्नु भयो । उहाँले भन्नु भयो, ‘सम्भवत १५ महिना पछि चुनाव हुन्छ । एमालेको सरकार आउँछ । र त्यसले मात्रै यो काम गर्छ । म अहिलेको सरकारले सुन्ने गरी भन्न चाहन्छु । अहिलेको सरकारले सुनोस बैशाख भित्र काठमाडौंमा पानी झारेर देखाओस् ऊ आफैले नापेर जोखेर भनेको कुरा उसले देखाओस बैशाखसम्ममा काठमाडौंमा पानी झारेर देखाओस् तर म उहाँहरुलाई ईख छ भने प्रतिपक्षलाई त मेख मार्ने गरी देखाउनुहोस । गोदावरीमा गएर केपी ओलीले यस्तो बोलेको थियो । सक्दैन सरकारले भनेको थियो । झा¥यौै पानी भन्न सकोस । अँ त्यतिले ग¥यो भनेर कमसेकम मैले भन्न परोस । तर त्यो गर्नेवाला छैन । 

मैले फेरी त्यसबेला बैशाखमा भाषण गर्नेछु । बैशाखमा पानी झार्दैनन भने झारेनन् । यिनीहरुले सक्दैनन भनेर म फेरी दोहो¥याउनेछु । अहिलेको मैले धेरै केही भनिरहनु पर्दैन । बेहाल अवस्थाको छ । नेपालको आकाशमा विदेशी हेलिकप्टर घुम्यो भन्छन होकि होईन भन्न सक्दैन । हो भने हो भने हुन्थ्यो । होईन भने होईन भने हुन्थ्यो नि । होकि होईन अहिलेसम्म पनि चुप छ । तुईन काटेर झराएर मारिन्छ एउटा नेपाली । नबोल है भनेर पत्रकारलाई सर्कुलर गर्छ । छानवीन समिति बनाउँछ त्यसले भन्छ–यस्तो दुर्घटना भएकै हो । त्यो रिर्पोट लुकाउन खोज्छ । दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन । उनीहरुसँग भन्ने आँट त गर्दैन । दक्षिणतिर फर्केर बोल्न पनि सक्दैन । आफ्नो देशको नागरिकका लागि आफ्नो देशको हक अधिकारका लागि आफूले न्याय पाउनका लागि बोल्न सक्दैन भने कस्तो सरकार हो ? अरुलाई अरुको धन्दा यो सरकारलाई खानाको धन्दा । यस्को ध्यान अन्त छैन ।’

अध्यक्ष ओलीले एमाले भित्र नेतृत्व स्थापित हुन नदिन विरोधीहरुले देवत्वकरणको हल्ला फिजाईरहेको दावी समेत गर्नु भयो । उहाँले आफूहरु कसैले पनि देवत्वकरण नगरेको तर नेतृत्वको वरीपरी पार्टी र आन्दोलनलाई एकीकृत गराउने काम गरिरहेको दावी समेत भयो । अध्यक्ष ओलीले विरोधीहरु आफू बाँचेको र कार्यकर्ता र जनताले माया गरेकोमा चिन्तित भएको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘एउटा हल्ला चलाएका छन । भन्ने गर्छन । त्यहाँ नेकपा एमालेका बोल्नै पाईदैन । उनीहरुले के खोजेका छन् भने के सोचेका छन् भने यहाँ बहुत झगडा भईदिए हुन्थ्यो मारकाट भए हुन्थ्यो । नेता कोही स्थापित हुन नपाए हुन्थ्यो । सब खुईलिए हुन्थ्यो । सबैलाई खुईल्याउन पाए हुन्थ्यो । 

आफ्नै पार्टी भित्र अनेक लाञ्छना लगाउन पाएदेखि उसैलाई समाएर भन्न पाईन्थ्यो अनि उनीहरु देवत्वकरणको कुरा उठाउँछन । हामी कसैलाई देवता मान्दैनौं । देवत्वकरण गर्दैनौं तर लिडरसिप हुन्छ लिडरसिपका वरिपरी पार्टी एकीकृत हुन्छ । आन्दोलन एकीकृत हुन्छ । त्यो स्वभाविक हो । पुष्पलालका वरीपरी, पुष्पलालले अघि सारेका विचारका वरीपरी हामी सबै आजसम्म गोलबन्द भएका छैनौं ? कार्लमाक्र्सले अघि सारेका दर्शन सिद्धान्तहरुको वरीपरी हामी गोलबन्द भएका छैनौं ? लेलिनका वरीपरी सिँगै रुस गोलबन्द भएन ? माओको वरीपरी सिँगै चीन गोलबन्द भएर क्रान्ति सम्पन्न गरेन ? छरिएका किसान, न हतियार छ न केही । त्यस्तो अवस्थामा बैदेशिक शक्ति आर्जनगरेको सत्ताधारीलाई खाली हात भएका छरिएर रहेका गाउँका किसानहरुलाई एकीकृत गरेर कसरी आन्दोलन गरियो । त्यसबेला पनि यस्ता कुरा चले । 

मदन भण्डारी हुँदा मदन भण्डारीलाई देख्न सकिएन । पुष्पलाल हुँदा पुष्पलाललाई एउटा महाधिवेशन पनि गर्न दिइएन । तपाई नेता हो भन्न छोडिएन तर हुर्मत लिने काम पनि सधैं भईरह्यो । नेता हो भन्ने तर महासचिव अर्को बनाईहाल्ने । पुष्पलालका विचार पास हुने तर उनका विचार एकातिर पन्छाउने अरुले मनपरी गर्ने । त्यसखालका कुराहरु रहे । नेतृत्व स्थापित भएन भने एउटा भनाई छ । नायकै नायकको झगडा भयो भने नायकै नायक हुुनुपर्छ तर एकतावद्ध नायक । जस्तो हाम्रो टिम छ । हामी थुप्रो नेता छौं । तर एकतावद्ध छौं । हामी एकतावद्ध भएनौं भने सबै नेतै नेता भएर बुरुक्क बुरुक्क उफ्रेउ भने जुन दिन रानो हुँदैन त्यो दिन मौरीको गुड समाप्त हुन्छ । त्यसकारण हाम्रो एकतालाई तोडनका लागि अनेखखालका भ्रमहरु चलाई रहन्छन । त्यसप्रति हामी सर्तक हुनुपर्छ । अहिले हाम्रो विरोधीहरु दुईटा कुराले अत्यन्तै चिन्तित छन । 

एउटा म बाँचिराखेको हुनाले चिन्तित छन् । यो विरामी हुन्छ, अप्रेशन गर्छ । फेरी किड्नी फेर्छ फेरी के गर्छ । फेरी बाच्छ । विरामी भयो फेरी बाच्छ । एउटा त्यो । अर्को कुरा कार्यकर्ताले जनताले असाध्यै धेरै माया गर्छ । त्यसले एमालेलाई फाईदा पुग्छ । जनता गोलबन्द हुन्छन । त्यसकारण चिन्तित छन । बाचेकैमा चिन्तित छन त म के गरु ? म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु । मलाई एउटा प्रिय साथीका रुपमा तपाईहरुले जुन विश्वास दिनु भएको छ । त्यो विश्वास एक थोपो पनि तलमाथि पर्र्ने छैन । देशको हित विरुद्ध जनताको हितको विरुद्ध प्रगतिको विरुद्ध पार्टीको हितको विरुद्ध एउटा पनि कदम मबाट चालिने छैन । म अहिले व्यक्तिको रुपमा होईन् एमालेको अध्यक्षको रुपमा भन्दैछु । नेकपा एमालेको अध्यक्षको रुपमा भन्दैछु । नेकपा एमालेलाई मलाई लाग्दछ नेकपा एमालेलाई बुहमतमा पु¥याएर यस्तोउस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पु¥याउने छु ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वमा सरकार ढाल्न लाग्नेहरु सबै विरोधी भएको बताउनु भयो । उहाँले विरोधीले गालामा थप्पड हान्दा पनि शाष्त्र पल्टाउने काम नगर्न पनि पार्टी पंक्तिलाई आह्वान गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अव हामी आगामी दिनमा हामी धेरै अल्मलिनु हुँदैन । कहिले कहिले सिद्धान्त र व्यवहारमा हामी अलमलिन्छौं । विरोधी थप्पड हानिसक्छ गालामा । अनि हामी शाष्त्र पल्टाउन थाल्छौं । शाष्त्रले के भन्छ यो गालामा हान्ने विरोधी हो कि होईन ? यो गालामा हान्नेलाई शाष्त्रमा विरोधी मान्छ कि मान्दैन ? शाष्त्र पल्टाउन थाल्छौं । यति सारो शाष्त्रवादी हुनुपर्ने जरुरी छैन । जो तपाईसँग लडिराखेको छ, त्यो विरोधी हो । जो तपाईसँग लडेको छैन सँगै काम गरिराखेको छ । त्यो मित्र हो । हाम्रो पार्टीको बिग्रिएका मान्छे को हुन जो पार्टी छोडेर गए । 

जो यहाँ छन उनीहरु सप्रेका हुन भन्ने प्रमाण यो भन्दा अरु बढि केही चाहिन्छ ? छर्लग छ नि । त्यसकारण हाम्रा विरोधी को हुन ? जो हामीसँग लडिरहेका छन । हाम्रो सरकार ढाल्न जो जोले भूमिका खेले । जसले हामीलाई प्रतिपक्षमा पु¥याए । कम्युनिष्ट सरकार ढालेर काँग्रेसको नेतृत्वमा सरकार बनाउनु अग्रगमन र क्रान्तिकारिता हो भनेर गए । नेकपा एमालेको सरकार ढालेर क्रान्ति ग¥र्यौं भने । यो पार्टी काम लाग्दैन रे । भनेर केही मान्छेले गएर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरी खेले । अरु पार्टी दर्ता गर्ने शिलशिला चलेको छ । यस पार्टीबाट यो पार्टीले देशलाई कहाँबाट कहाँ पु¥यायो भन्ने देख्दादेख्दै यसलाई सिध्याउनु पर्छ र अर्को पार्टी खोलेर त्यसबाट बनाउछु भन्ने त्यो पनि कस्तो भन्दा मैले सुनेको थिए । गाईको पुच्छर तरेर बैतर्नी तर्छन भनेर । 

अर्को, अर्को के को पुच्छर समातेर बैतर्नी तर्न खोज्यो कसैले भन्ने सुनेको थिए । अहिले अर्कै पुच्छर समातेर बैतर्नी तर्ने खेल तपाई हामीले देखेका छौं । हामी कुनै अन्यौलमा, अलमलमा पर्नु पर्दैन । हाम्रै पार्टीका कतिपय साथीहरु वर्ग सम्बन्धले गर्दा, भ्रमले गर्दा स्थानीय अन्तरविरोधले गर्दा कतिपय कुराले पार्टीबाट अलग भएका, अलमलमा परेका, भ्रममा परेका, तानेर लगिएका हुन सक्दछन । त्यस्ता साथीहरुलाई फर्काउनु पर्छ । माथिबाट पनि हामी प्रयास गछौं । तल सबैतिरबाट पनि अलमलमा अलमलिएर गएका साथीहरुलाई भ्रममा परेका साथीहरुलाई फर्काउनका लागि प्रयास गर्न म साथीहरुलाई आग्रह गर्दछु ।’

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न पनि चेतावनी दिनु भयो । उहाँले दाहालले २ दिन अघि ०६४ को जस्तै जसरी पनि कब्जा गरेर चुनाव जित्ने भनिराखेको स्मरण गराउँदै त्यस्ता खालको धाँधलीका अगाडि आफ्नो पार्टी नझुक्ने पनि बताउनु भयो । 

अध्यक्ष ओलीले भन्नु भयो, ‘अव उहिले ६४ को जस्तै जसरी कब्जा गरेर जे हुन्छ मत पत्र च्यातेर हुन्छ कि बत्ती निभाएर हुन्छ कि जित्नुप¥यो भनेर कतिपयले भनि राखेका थिए । हामीले मत पत्र च्यात्ने अवस्था बन्न दिनु हुँदैन । मत पत्र च्यात्ने काम रोक्नु पर्दछ । हामीले बत्ति निभाउने कुरा बन्द गराउनु पर्दछ । बैकल्पिक व्यवस्था गर्नु पर्दछ । कहीँ पनि अन्यायका अगाडि झुक्दैनौं । अन्याय गर्दैनौं । अन्यायका अगाडि झुक्दैनौं । धाँधली गर्दैनौं धाँधलीका अगाडि झुक्दैनौैं । कहिँपनि हामी गुण्डागर्दी गर्दैनौं । गुण्डागर्दी गरेर कसैले जित्छु भन्ने ठान्छ भने त्यो कल्पना नगरे हुन्छ भन्ने कुरा बताई दिन चाहन्छु । त्यसको तयारी नेकपा एमालेले गर्नेछ । सबै ठाउँमा । यी कामहरुमा जुटनु पर्नेछ ।’

अध्यक्ष ओलीले मुलुकको समृद्धि र विकासका लागि एमाले नेतृत्वको बहुमतको सरकार आवश्यक रहेको उल्लेख गर्दै सोही अनुसारको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।