१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिवेशन गर्न खटाइएका मतदान अधिकृत गायब भएपछि…



अ+ अ-

बझाङ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन गर्न खटाइएका प्रमुख मतदान अधिकृत गायब भएपछि नेतृत्व चयन स्थगन भएको छ । जिल्ला अधिवेशनका लागि केन्द्रीय निर्वाचन समितिले खटाएका प्रमुख मतदान अधिकृत चेतराज भट्ट शनिबार रातिदेखि पार्टीको सम्पर्कमा नरहेको नेताले बताएका छन् ।

जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा चलिरहेका बेला नेतृत्व चयन स्थगन भएको हो । पूर्वमन्त्री सुरेश मल्ल, अर्जुनजङ्गबहादुर सिंह, पूर्वजिल्ला सभापति सत्यराज भण्डारी र संविधानसभा सदस्य चन्द्रा जोशीको पक्षबाट खडक बोहरा सभापतिका उमेदवार छन् । अर्को समूहबाट रमेश भण्डारी सभापतिका दाबेदार छन् । भण्डारीलाई पूर्वराज्य मन्त्री नरेशबहादुर सिंह तथा जिल्ला सभापति पृथ्वी सिंहको समर्थन छ ।

चुनावी प्रतिस्पर्धामा आफूले समर्थन गरेको उम्मेद्वारले हार्ने देखिएपछि नरेशबहादुर सिंह तथा पृथ्वीबहादुर सिंह समर्थनका नेता कार्यकर्ताले मतदान अधिकृतलाई जिल्ला छोड्न बाध्य पारिएको अर्को पक्षको आरोप छ तर त्यो आरोपमा कुनै सत्यता नभएको, उल्टै मतदान अधिकृत भट्टले भौतिक आक्रमणको धम्की आएको भन्दै गुनासो गरेको नेता नरेशबहादुर सिंहले बताउनुभयो । प्रमुख मतदान अधिकृत भट्टलाई पृथ्वीबहादुर तथा नरेशबहादुर पक्षबाट शुक्रबार तुरुन्त जिल्ला छोड्नुपर्ने अन्यथा हात खुट्टा भाँच्ने धम्की आएकाले मतदान अधिकृतले जिल्ला छोड्नुपरेको कांग्रेसको अर्को पक्षले आरोप लगाएको छ ।

आरोप निराधार भएको नेता नरेशबहादुरको दाबी छ । प्रमुख मतदान अधिकृत भट्टलाई भने सम्पर्क भएको छैन । उनको मोबाइल स्वीच अफ आइरहेको छ । जिल्ला अधिवेशनका लागि आएका प्रमुख मतदान अधिकृत नै सम्पर्कविहीन भएपछि बझाङको जिल्लास्तरको नेतृत्व चयन गर्न तथा मतदान गर्न सदरमुकाम आएका नेता कार्यकर्ता घर फर्केका छन् । अधिवेशन कहिले हुने भन्ने अनिश्चित भएको छ ।