१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या बढ्यो



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चौबीस घण्टामा एक हजार ५७० को नमूना परीक्षण गरिएको थियो । प्रदेशमा हाल सक्रिय सङ्क्रमित ३५३ छन् । 

कोरोना भाइरस फैलिएयता हालसम्म प्रदेशमा एन्टिजेन परीक्षण एक लाख ४५ हजार २७५ र पीसीआर परीक्षण दुई लाख छ हजार ९५४ समेत जम्मा तीन लाख ५२ हजार २२९ जनाको नमूना परीक्षण भइसकेको छ । नमूना परीक्षण भएकामध्ये ४७ हजार २९८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

सङ्क्रमित हुनेमध्ये हालसम्म ४६ हजार ५९८ जना सङ्क्रमणमुक्त भएका छन् । पाँच सय ९७ सङ्क्रमितको मृत्यु भएको छ । स्वाथ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले अवस्था जटिल बनेपछि मात्र सङ्क्रमितलाई अस्पताल पु¥याउने वा सङ्क्रमित व्यक्तिमा कुनै दीर्घ रोगी भएर नै मृत्युदर बढेको हुनसक्ने बताउनुभयो । 

पछिल्लो एक हप्तामा उपचाररत पाँच सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । अघिल्लो हप्ता मृत्युदर योभन्दा कम थियो । पछिल्लो हप्तामा २०० सङ्क्रमित थपिँदा २५५ जना सङ्क्रमणमुक्त भएका छन् । 
 
गएको २४ घण्टामा डडेलधुरा जिल्लाका ७० वर्षीय एक पुरुषको डडेलधुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । गएको शुक्रबार मात्रै कैलाली जिल्लाका ९० वर्षीय र ७० वर्षीय गरी दुई पुरुष सङ्क्रमितको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो ।